नेकपा विवाद : ओलीलाई नेपालको टक्कर | Khabarhub Khabarhub

नेकपा विवाद : ओलीलाई नेपालको टक्कर


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सत्तारुढ दल नेकपामा केन्द्रीय नेताहरूलाई दोहोरो जिम्मेवारी दिनुपर्ने प्रस्तावले विवाद बढाएको छ।सचिवालयमा प्रस्तुत प्रस्तावमा विमति जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई कडा टक्कर दिएका छन्।सचिवालय बैठक तीन दिन बसे पनि जिल्ला इन्चार्ज र सहइन्जार्च तोक्न नेकपा असमर्थ बनेको अन्नपूर्ण पोस्टमा खबर छ ।

अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले भूगोलका ७७ वटा जिल्लाको इन्चार्ज र सहइन्चार्जका लागि प्रस्ताव गरेका नाममा नेता नेपालले असहमति जनाएका छन्।ओली र दाहालले बिहीबार बिहान पनि नेपालसँग सहमतिको प्रयास गरेका थिए।छलफलमा ओली र नेपालबीच भनाभनै भएको स्रोत बताउँछ।‘कतिपय साथीहरूले दोहोरो जिम्मेवारी पाइसके।त्यसलाई मान्ने, अहिले हुँदैन भनेर हुन्छ ? ’, ओलीले नेपालसँग आक्रोश पोखे ।

नेपालले राज्यसत्ता र पार्टीको स्रोतसाधन प्रयोग गरी गुट चलाउन आफ्ना मान्छेलाई जिम्मेवारी दिन खोजिएको आरोप लगाए।‘कुन मापदण्डअनुसार प्रस्ताव ल्याउनुभयो, के तपाईंको गुटको भए पुग्यो ? गुटलाई बलियो बनाउन राज्य र पार्टी दुवैको स्रोतसाधन प्रयोग गर्ने ? ’, नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘एकथरी साथीहरू दोहोरो, तेहरो जिम्मेवारीमा बस्ने, एकथरी साथीहरु खाली हात बस्ने कुरा मिल्दैन ।’

दुवै नेता अडानमा रहेपछि सचिवालय बैठक असार पहिलो सातासम्मका लागि धकेलिएको छ।प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्किएपछि मात्र बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।‘अध्यक्षद्वयले अझै गृहकार्य नपुगेको र त्यसका लागि समय आवश्यक रहेको बताउनुभएपछि बैठक स्थगन भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘अब प्रधानमन्त्रीको युरोप भ्रमणपछि मात्र सचिवालय बैठक बस्नेछ ।’ प्रधानमन्त्री शनिबार नौदिने भ्रमणका लागि युरोप जाँदै छन्।स्विट्जरल्यान्ड, रूस र फ्रान्स भ्रमण गरी उनी असार १ मा मात्र स्वदेश फर्किने कार्यक्रम छ ।

२ जेठमा जनवर्गीय संगठनको नेतृत्व चयन गरिएको थियो।त्यसपछि अध्यक्षद्वयले पोलिटब्युरो गठन र केन्द्रीय नेताहरूको कार्यविभाजन गर्ने कार्यसूची बनाएका थिए।पार्टी एकताको एक वर्ष बिते पनि नेताहरूकै कार्यविभाजन हुन नसक्दा नेकपाका केन्द्रीय सदस्य ‘बेरोजगार’ छन्।पार्टी संगठन लथालिंग छ।२१ जेठदेखि सचिवालय बैठक बसे पनि अध्यक्षद्वयले नेताहरूलाई दोहोरो जिम्मेवारी दिने गरी कार्यविभाजन प्रस्ताव ल्याएपछि विवाद बढेको हो ।

ओली र दाहालको प्रस्तावमा मुख्यमन्त्रीदेखि मन्त्रीसम्मलाई जिल्ला इन्चार्ज बनाउने उल्लेख छ।एउटै जिल्लामा सात जनासम्म सहइन्चार्ज बनाउने प्रस्ताव छ।स्रोतका अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीसम्मलाई जिल्ला इन्चार्ज बनाउनुपर्ने प्रस्ताव सचिवालयमा आएको छ।मुख्यमन्त्री शाहीलाई कालिकोटका लागि इन्चार्ज प्रस्ताव गरिएको छ।झापामा नरेश खरेल, राम कार्की, घनेन्द्र बस्नेतलगायत नेतालाई छाडेर प्रदेश १ का मन्त्री कार्कीलाई इन्चार्ज प्रस्ताव गरेपछि नेपालले आपत्ति जनाएका छन्।मोरङ जिल्ला इन्चार्ज प्रस्ताव गरिएका विनोद ढकालको नाममा पनि उनको विरोध छ।ओलीले आफूनिकट नेतालाई दोहोरो जिम्मेवारी दिने गरी प्रस्ताव ल्याएको नेपाल पक्षको भनाइ छ।उनले नयाँ मापदण्ड बनाई जिम्मेवारी तय गर्न प्रस्ताव गरेका छन् ।

सार्कको विकल्पमा बिम्स्टेक : भारत शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । भारतले सार्कमा समस्या देखिएकाले बिमस्टेको अवधारणा अघि बढाएको स्पष्ट पारेको छ। विदेशमन्त्री एस जयशंकरले पाकिस्तानसँगको सम्बन्धका कारण सार्कको भविष्य अन्योलमा रहेको संकेत गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।

भारतीय उद्योग परिसंघको अनन्त सेन्टरले आयोजना गरेको ‘ग्रोथ नेट समिट’ मा उनले भने, ‘सार्कमा केही समस्या छ। हामी सबैलाई त्यो थाहा छ। आतंकवादलाई पर राखेर सोच्ने हो भने पनि यस क्षेत्रमा इन्टर कनेक्टिभिटी र व्यापारको समस्या यथावत् छ। ’ उनले पाकिस्तानको नाम भने लिएनन्। ‘दक्षिण एसियाली मुलुक विश्वमै सबैभन्दा न्यून रूपमा जोडिएका छन्। त्यसैले पनि बिमस्टेकलाई प्राथमिकतामा राखेका हौं,’उनले भने, ‘हामीले बिमस्टेक सदस्य राष्ट्रमा ऊर्जा, सोच र सम्भावना देखेका छौं। ’ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा बिमस्टेक सदस्य राष्ट्रलाई मात्र आमन्त्रण गर्नुको कारण पनि त्यही भएको स्पष्ट पारे।

प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्रीको शपथ समारोहमा दिल्ली आउँदा सार्क अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले भारतको साथ पाउने विश्वास व्यक्त गरेको एक सातापछि जयशंकरको यस्तो धारणा बाहिर आएको हो। भारतीय विदेशमन्त्रीको अभिव्यक्तिले सार्कको भविष्य अन्योलमा रहेको स्पष्ट संकेत गर्छ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ७ : १२ बजे

कम्पनी साझेदारका रूपमा रवि लामिछाने पनि सहकारी ठग हुन् : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प

काठमाडौं – अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी