नेदरल्याण्ड नेसन्स लिग फुटबलको फाइनलमा, इंग्ल्यान्ड ३-१ ले पराजित « Khabarhub

नेदरल्याण्ड नेसन्स लिग फुटबलको फाइनलमा, इंग्ल्यान्ड ३-१ ले पराजित


२४ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इङ्ल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा इङ्ल्याण्डलाई ३-१ ले पराजित गर्दै नेदरल्याण्ड फाइनलमा पुगेको हो। अब उपाधीका लागि नेदरल्याण्डले पोर्चुगलसँग भिड्ने छ ।

उपाधिका भिडन्त आइतबार हुनेछ । खेलमा अग्रता भने इङ्ल्याण्डले लिएको थियो। खेलको ३२ औं मिनेटमा पेनाल्डीबाट उसले अग्रता लिएको हो। सो पेनाल्टी गोल मार्कस रासफोर्डले गरेका थिए। इङ्ल्याण्डको अग्रतालाई नेदरल्याण्डले खेलको ७३ औं मिनेटमा माथिस डि लिग्टको गोलबाट बराबरी गर्‍यो।

त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको ९७ औं मिनेटमा इङ्ल्याण्डका केली वाल्करले आत्मघाती गोल गरेपछि नतिजा नेदरल्याण्डतिर ढल्कियो।

यसरी उपहार गोलबाट २-१ को नतिजामा रहेको नेदरल्याण्डले ११४ औं मिनेटमा गोल गर्‍यो। सो गोल क्विन्सी प्रोमेसले गरे । यो गोलसँगै इङ्ल्याण्ड ३-१ ले पराजित भयो।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार  ८ : २३ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ