नेदरल्याण्ड नेसन्स लिग फुटबलको फाइनलमा, इंग्ल्यान्ड ३-१ ले पराजित « Khabarhub

नेदरल्याण्ड नेसन्स लिग फुटबलको फाइनलमा, इंग्ल्यान्ड ३-१ ले पराजित


२४ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इङ्ल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा इङ्ल्याण्डलाई ३-१ ले पराजित गर्दै नेदरल्याण्ड फाइनलमा पुगेको हो। अब उपाधीका लागि नेदरल्याण्डले पोर्चुगलसँग भिड्ने छ ।

उपाधिका भिडन्त आइतबार हुनेछ । खेलमा अग्रता भने इङ्ल्याण्डले लिएको थियो। खेलको ३२ औं मिनेटमा पेनाल्डीबाट उसले अग्रता लिएको हो। सो पेनाल्टी गोल मार्कस रासफोर्डले गरेका थिए। इङ्ल्याण्डको अग्रतालाई नेदरल्याण्डले खेलको ७३ औं मिनेटमा माथिस डि लिग्टको गोलबाट बराबरी गर्‍यो।

त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको ९७ औं मिनेटमा इङ्ल्याण्डका केली वाल्करले आत्मघाती गोल गरेपछि नतिजा नेदरल्याण्डतिर ढल्कियो।

यसरी उपहार गोलबाट २-१ को नतिजामा रहेको नेदरल्याण्डले ११४ औं मिनेटमा गोल गर्‍यो। सो गोल क्विन्सी प्रोमेसले गरे । यो गोलसँगै इङ्ल्याण्ड ३-१ ले पराजित भयो।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार  ८ : २३ बजे

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज