चार वर्षदेखि पीडामा राउटे युवा « Khabarhub

चार वर्षदेखि पीडामा राउटे युवा


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- विसं २०७२ पुसको पहिलो साता राउटे युवा कपिल शाही आगोले जलेर गम्भीर घाउते भए । अछामको पियालतडामा रहँदा आगो ताप्ने क्रममा कपिल जलेर घाइते भएका थिए । त्यतिबेला गम्भीर अवस्थामा रहेका कपिललाई दुई महिना काठमाडौँमा राखेर उपचार पनि गराइएको थियो ।

आफ्नो बस्तीभन्दा बाहिर बास बस्नै नमान्ने राउटे समुदायलाई राउटे उत्थान प्रतिष्ठानको पहलमा दुई राउटेसँगै पठाएर कपिलको काठमाडौँमा उपचार गरिएको थियो । कपिललाई काठमाडौंको ट्रमा सेन्टरमा उपचार गरिएको थियो । आगोले पाखुरा, ढाड, पेटसहित शरीर जलेका उनलाई एक वर्षको प्रयासपछि उपचार गराउन राजी भएपछि मात्रै काठमाडौँ लगिएको थियो । त्यसबेला उनको घाउ पाकेर सङ्क्रमण फैलिएको थियो ।

राउटे मुखिया वीरबहादुर शाहीका जेठा छोरा कपिललाई उपचारका लागि काठमाडौं लैजानुअघि समुदायको झारफुक र जडीबुटी नै प्रयोग गरिएको थियो । समयमै उपचार नपाएपछि घाउ बल्झिएर कपिल उठ्नै नसक्ने अवस्थामा पुगेका थिए । काठमाडौँमा उपचार गरेर फर्किएका कपिलको पुनः घाउ बल्झिएपछि दुई वर्षअघि दैलेख अस्पतालमा उपचार गराएका थिए । त्यसबेला दैलेख अस्पतालले निःशुल्क स्वस्थ्य परीक्षण र निःशुल्क औषधि उपलब्ध गराएको थियो ।

काठमाडौं र दैलेखको भैरवी गाउँपालिका–५ लैनचौरमा बस्ती रहँदा दैलेख अस्पतालमा उपचार गराएका राउटे युवा कपिलको घाउ अझै निको हुनसकेको छैन । परम्परागत औषधि उपचारलाई मुख्य ठान्दै आएका राउटे समुदाय पछिल्ला दिनमा बिरामी पर्दा उपचार गराउन थालेपछि परिवर्तनको सङ्केत देखिन थालेको छ तर उनको घाउ निको हुनसकेको छैन ।

उनको घाउ झनै बल्झिदै गएको छ । कपिलको घाउ बढ्दै गएको छ । ‘घाउ पाक्न थालेको छ, बेला–बेला बेस्सरी दुख्छ’, कपिल भन्छन् । घाउकै कारण कुनै पनि काम गर्न नसकेको कपिलले बताए । ‘हात चलाउन पनि मिल्दैन, अरु काठका भाँडाकुडा बनाउँछन् तर यही घाउका कारण मैले काम गर्न सकेको छैन, ठूलो र सुविधासम्पन्न अस्पतालमा गएर उपचार गराउन पाए घाउ सञ्चो हुन्थ्यो कि रु’, उनले निरास हुँदै भने । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ बेतेनी खोला किनारमा बसोबास गर्दै आएका राउटे समुदाय गत साता मात्रै दैलेखको गुराँस गाउँपालिकामा बस्ती सरेका छन् । हाल राउटे समुदायको सङ्ख्या १४६ छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १० : १२ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिलाई डा. राउतको बिदाइ : ‘पार्टी र साथीको दबाबमा दुई पटक निर्वाचन लडेँ’

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध