सालकको खपटासहित एक जना पक्राउ « Khabarhub

सालकको खपटासहित एक जना पक्राउ


२४ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको दमक नगरपालिकाबाट बिहीबार साँझ सालकको खपेटासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ का ३० वर्षीय सुरज चेम्जोङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लोपोन्मुख वन्यजन्तु सालकको ३५० ग्राम खपेटासहित चेम्जोङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका चेम्जोङलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको छ ।

यसैबीच, झापाको मेचीनगर–६ बाट प्रहरीले बिहीबार साँझ करिब रू ७५ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको किराना तथा हार्डवेयरका समानहरु बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारबाहीका लागि आज मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार  १२ : ३० बजे

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण