सालकको खपटासहित एक जना पक्राउ « Khabarhub

सालकको खपटासहित एक जना पक्राउ


२४ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको दमक नगरपालिकाबाट बिहीबार साँझ सालकको खपेटासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ का ३० वर्षीय सुरज चेम्जोङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लोपोन्मुख वन्यजन्तु सालकको ३५० ग्राम खपेटासहित चेम्जोङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका चेम्जोङलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको छ ।

यसैबीच, झापाको मेचीनगर–६ बाट प्रहरीले बिहीबार साँझ करिब रू ७५ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको किराना तथा हार्डवेयरका समानहरु बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारबाहीका लागि आज मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार  १२ : ३० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको