आइतवार सार्वजनिक विदा « Khabarhub

आइतवार सार्वजनिक विदा


२४ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ ।

जेठ २६ गते आइतबार भोटो जात्रा परेकाले उपत्यकामा सार्वजनिक विदा हुने भएको हो ।  वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा अनुसार हिजो रथलाई लगनखेलको थतिटोलबाट तानेर जावलाखेलमा पुरयाइएकोले यसको चौथो दिन २६ गते भोटो जात्रा देखाइने गुठी तहसिल कार्यालय ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए ।

बिभिन्न बहुमुल्य रत्न जडित भोटोलाई बिमान खटको चारै कुनाबाट देखाउने परम्परा छ। मच्छिन्द्रनाथको साइत हेर्ने ज्योतिष खलकका सदस्य दैवज्ञ किर्तिमदन जोशीका अनुसार देबलोक मत्र्यलोक मनुष्यलोक र नागलोकलाई चारै कुनाबाट भोटो देखाउने गरिएको हो। साथै यो भोटो उपत्यकामा मच्छिन्द्रनाथ भित्रयाउने बन्धुदत्त बज्राचार्य, ललितज्यापु, राजा नरेन्द्रदेब लगायत कर्कोटक नागराजलाई पनि देखाउने परम्परा छ।

रथबाट चारै दिशामा तीन(तीन पटक भोटो देखाउने र देखाइसकेपछि सबैकै सामुन्ने थैलीमा राखी सिलबन्दी गर्ने परम्परा छ। फेरि भोटो एक वर्ष पछि त्यही परम्परा अनुसार देखाइन्छ।

ललितपुरको जावलाखेलमा हुने भोटोजात्राको सरकार प्रमुख लगायतका उच्च पदस्थ व्यक्तिहरुले समेत अवलोकन गर्नेछन्। भोटो देखाउने जात्राको अवलोकन गर्न पाटनकी कुमारीलाइ ल्याउने गरिन्छ साथै जात्रा हेर्न उपत्यकाका तीनै शहरका सर्वसाधारणको ठूलो संख्यामा भीड लाग्ने गर्दछ।

जावलाखेलमा भोटो देखाएपछि मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुन्छ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार  १२ : ४२ बजे

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै