गाउँलेलाई वरिपरी राखेर भैंसी दोहोएर कार्यक्रमको उद्घाटन ! « Khabarhub

गाउँलेलाई वरिपरी राखेर भैंसी दोहोएर कार्यक्रमको उद्घाटन !


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत-जनता र जनप्रतिनिधिबीचको दूरी घटनाउन विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । ति कार्यक्रमले आम जनतालाई कति फाइदा पुग्ला भन्ने आँकलन नभएपनि कार्यक्रमको उद्घाटनको शैलीले जनप्रतिनिधिहरु चर्चित बन्ने गरेका छन्।

सामान्य कार्यक्रमको उद्घाटन गर्न शीर्ष नेता तथा देशको कार्यकारी भूमिकामा रहेको व्यक्ति पुग्ने गरेको गुनासो बढिरहेका बेला एक प्रदेश मन्त्रीले फरक शैलीले कार्यक्रम उद्घाटन गरेपछि चर्चामा आएकी छन् ।

कर्णाली प्रदेशले सञ्चालन गरेको दलित समुदायलाई भैंसीपालन व्यवसाय गर्न गरिएको सहयोग कार्यक्रम उद्घाटन गर्न पुगेकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीको उद्घाटन शैलीले उनको कार्यक्रम भन्दा बढी उद्घाटन शैलीले चर्चा पाएको छ ।

दलित समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले मन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरर्गत ५० घरधुरीलाई भैसी वितरण गरेको छ । मन्त्री केसीले आफैं लहिनो भैंसी दोहोएर कार्यक्रम उद्घाटन गर्दै अनुदानको सही सदुपयोग गरेर जीविकोपार्जन सुधार ल्याउन आग्रह गरिन्।

मन्त्रालयको ५० लाख खर्चिएर किनेका भैसी गोलाप्रथा गरी कृषकलाई वितरण गरिएको हो। भाग्यमानी एक कृषकले भने दुहुनो भैसी पाएका थिए। भैसी पाएपछि स्थानीय रामकला सार्कीले आर्थिक घरखर्ज चलाउन सहज हुने बताइन्।

भैसीको दूधलाई स्थानीय सिर्जनशिल कृषक समूहले बजार व्यवस्थापनका लागि सहजीकरण गर्ने जनाएको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भैसीको उपचारको जिम्मा लिएको छ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १ : ४७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै