गाउँलेलाई वरिपरी राखेर भैंसी दोहोएर कार्यक्रमको उद्घाटन ! « Khabarhub

गाउँलेलाई वरिपरी राखेर भैंसी दोहोएर कार्यक्रमको उद्घाटन !


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत-जनता र जनप्रतिनिधिबीचको दूरी घटनाउन विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । ति कार्यक्रमले आम जनतालाई कति फाइदा पुग्ला भन्ने आँकलन नभएपनि कार्यक्रमको उद्घाटनको शैलीले जनप्रतिनिधिहरु चर्चित बन्ने गरेका छन्।

सामान्य कार्यक्रमको उद्घाटन गर्न शीर्ष नेता तथा देशको कार्यकारी भूमिकामा रहेको व्यक्ति पुग्ने गरेको गुनासो बढिरहेका बेला एक प्रदेश मन्त्रीले फरक शैलीले कार्यक्रम उद्घाटन गरेपछि चर्चामा आएकी छन् ।

कर्णाली प्रदेशले सञ्चालन गरेको दलित समुदायलाई भैंसीपालन व्यवसाय गर्न गरिएको सहयोग कार्यक्रम उद्घाटन गर्न पुगेकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीको उद्घाटन शैलीले उनको कार्यक्रम भन्दा बढी उद्घाटन शैलीले चर्चा पाएको छ ।

दलित समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले मन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरर्गत ५० घरधुरीलाई भैसी वितरण गरेको छ । मन्त्री केसीले आफैं लहिनो भैंसी दोहोएर कार्यक्रम उद्घाटन गर्दै अनुदानको सही सदुपयोग गरेर जीविकोपार्जन सुधार ल्याउन आग्रह गरिन्।

मन्त्रालयको ५० लाख खर्चिएर किनेका भैसी गोलाप्रथा गरी कृषकलाई वितरण गरिएको हो। भाग्यमानी एक कृषकले भने दुहुनो भैसी पाएका थिए। भैसी पाएपछि स्थानीय रामकला सार्कीले आर्थिक घरखर्ज चलाउन सहज हुने बताइन्।

भैसीको दूधलाई स्थानीय सिर्जनशिल कृषक समूहले बजार व्यवस्थापनका लागि सहजीकरण गर्ने जनाएको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भैसीको उपचारको जिम्मा लिएको छ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १ : ४७ बजे

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित

एजेन्सी– दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले