ज्ञानेन्द्रबहादुर शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश « Khabarhub

ज्ञानेन्द्रबहादुर शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भ्रष्टाचार विरुद्धका अभियन्ता ज्ञानेन्द्रबहादुर शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले हिरासतमा लिएका शाहीलाई तत्काल रिहा गर्न माग गर्दै शाहीका तर्फबाट महेश डंगालले सर्वोच्चमा  बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयक्तु इजलाशले शाहीलाई रिहा गर्न फैसला जारी गरेको हो ।

आदेशपछि प्रहरी हिरासतमा रहेको शाही थुनामुक्त हुनेछन् ।

किन पक्राउ परेका थिए शाही ?

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने शाहीले आफूले बोलाएको पत्रकारसम्मेलनमा पत्रकार उपस्थित नभएको भन्दै पत्रकारविरुद्ध कडा टिप्पणी गरेका थिए ।

गत वैशाख १८ गते आफूले आयोजना गरेको पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई गालीगलौज गर्दै शाहीले भिडियो पोष्ट गरेका थिए ।

पत्रकारलाई ‘दलाल र कुकुर’भन्दै जुम्लाका ज्ञानेन्द्र शाही अनलाइन र युट्युब च्यानलमा अन्तवार्ता दिँदै हिँडेका थिए ।

शाहीविरुद्ध सोही दिन नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र कर्णाली प्रदेश समितिले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीको जाहेरीका आधारमा जिल्ला अदालत सुर्खेतले बैशाख १९ गते पक्राउका लागि वारेन्ट जारी गरेको थियो ।

शाहीलाई जेठ १५ गते खुल्लामञ्चबाट प्रहरीले पक्राउलगत्तै हिरासतमा नराखेर काठमाडौं पठाएको थियो ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ३ : ५२ बजे

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६