लुटपाटका मुख्य नाइके ‘काका’माथि प्रहरीले चलायो गोली « Khabarhub

लुटपाटका मुख्य नाइके ‘काका’माथि प्रहरीले चलायो गोली


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ ।

डकैती मुद्दाका फरार काका भनिने छिरिङ  तामाङलाई प्रहरीले बौद्धको अत्तरखेलमा गोली हानेर पक्राउ गरेको हो । गोली लागेर घाइते भएको उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।

घाइते तामाङले काठमाडौं उपत्यकाका सुनचाँदी पसल, मनी एक्सचेन्ज र विभिन्न वित्तीय संस्थाहरूमा खुकुरी देखाउँदै लुटपाट तथा आतंक मच्चाउने गरेको प्रहरीले जनाएको छ । उनी लुटपाट गिरोहका मुख्य नाइके रहेको प्रहरीले जनाएको छ।

जेठ ४ गते दिउँसो १२ बजेर ४५ मिनेटमा काठमाडौं जोरपाटीस्थित बुद्धराम सुनारले सञ्चालन गरेको भिमश्वरी सुनचाँदी पसल लुटिएको थियो। सो क्रममा उनै तामाङले उक्त पसलेलाई खुकरी प्रहार गरेका थिए।

यसअघि सोही समूहका चार जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ४ : ०८ बजे

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

रास्वपा नेताहरू बिरामी हुँदा सरकार गठन प्रक्रिया धकेलियो, चैत दोस्रो साता बालेन्द्र प्रधानमन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी

श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको