सुदूरपश्चिममा हावाहुरीबाट घाइते भएकाहरुको उपचार प्रदेश सरकारले गर्ने « Khabarhub

सुदूरपश्चिममा हावाहुरीबाट घाइते भएकाहरुको उपचार प्रदेश सरकारले गर्ने


२४ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलाली र कञ्चनपुरमा बिहीबार साँझको हावाहुरीबाट घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने  भएको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं प्रदेश प्रवक्ता प्रकाशबहादुर शाहले पत्रकार सम्मेलन गर्दै हावाहुरीबाट घाइते भएका सबैको उपचार  प्रदेश सरकारले गर्ने निर्णय गरेको  जानकारी दिए।

हावाहुरीबाट कैलालीका ७६ र कञ्चनपुरका ३३ जना घाइते भएका छन् । हावाहुरीबाट गम्भिर भएका केहीलाई भारत र नेपालगञ्जमा समेत रेफर गरिएको छ । घाइतेमध्य कञ्चनपुरका १५ र कैलालीका ६६ जना उपचार गरी घर फर्किएका छन् ।

दुवै जिल्लामा हावाहुरीका कारण विद्युत, खानेपानी, टेलीफोन लगायतका सेवा अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार  ४ : ३३ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना