नेपालमा अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन हुने « Khabarhub

नेपालमा अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन हुने


२४ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अन्तराष्ट्रिय स्तरको शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेठ २६ र २७ गते नेपालमा ‘अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन’ आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तरलाई विश्वस्तरमा पुर्‍याउने उद्देश्यका साथ सो सम्मेलन आयोजना गर्न लागिएको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए ।

‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयमा केन्द्रित भई आयोजना हुने सो सम्मेलनमा अमेरिका, बेलायत, जापान, फिन्ल्याण्ड, भारत, सिंगापुर र नेपालका ख्यातिप्राप्त प्राध्यापकहरुले कार्य पत्र प्रस्तुत गर्ने जानकारी दिइएको छ ।

राष्ट्रपति विद्या भण्डारीले आगामी जेठ २६ गते आइतबार राष्ट्रपति भवन शीतल निवासमा उद्घाटन गरेपछि सो सम्मेलनको बाँकी छलफल ललितपुरस्थित होटल हिमालयमा हुनेछ । सम्मेलनबाट आर्जित ज्ञान र अनुभवबाट त्रिभुवन विश्वविद्यालयको शिक्षा प्रणालीमा सुधार आउने अपेक्षा गरिएको विश्वविद्यालयका रजिष्ट्रार उप्रेतीले बताए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार  ६ : ३३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको