खानेपानीको क्षेत्रमा साथ दिन विश्व बैंक तयार : मन्त्री मगर « Khabarhub

खानेपानीको क्षेत्रमा साथ दिन विश्व बैंक तयार : मन्त्री मगर


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षभित्रमा ९२ प्रतिशत जनसङ्ख्यालाई आधारभूत रुपमा खानेपानी सेवा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

आगामी तीन वर्षभित्र शतप्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानी सेवा पुर्‍याउने सरकारको लिएको लक्ष्य पूरा विभिन्न दातृ निकायको सहयोग पनि आवश्यक रहेको उनले बताइन् ।

विश्व बैंकका प्रतिनिधिमण्डलसँग शुक्रबार मन्त्रालयमा भएको भेटघाट तथा छलफलमा मन्त्री मगरले खानेपानीका नयाँ योजनामा थप सहयोग गर्न आग्रह गरिन् । भेटघाटमा मन्त्री मगरले भनिन्, “सन् २०३० सम्ममा सबै जनसङ्ख्यालाई प्रशोधित स्वच्छ खानेपानीको पहुँच पुर्‍याउनुपर्ने चुनौती सरकारसँग छ । सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा अघि बढ्नुपर्ने जरुरी छ । यसका लागि देशैभरी हामीले खानेपानी र सरसफाइको गुरुयोजना बनाउँदैछौं ।”

ग्रामीण भेगका जनताले अझैपनि घण्टौं-घण्टा लगाएर पानी लिन जानुपर्ने स्थिति रहेको भन्दै मन्त्री मगरले ती क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न विश्व बैंकको थप महत्वपूर्ण सहयोग रहको अपेक्षा गरिन् । मन्त्रालय मातहत रहेको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिलाई अझ सशक्त बनाएर लैजान चाहेको मन्त्री मगरको धारणा छ । पहुँचको आधारमा योजना छनोट नगरी सबै क्षेत्रमा समान रुपले योजना छनोट गर्ने र कार्यान्वयनमा लैजाने तयारीमा मन्त्रालय रहेको मन्त्री मगरले जोड दिइन् ।

नेपालका लागि विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जर्वोसले खानेपानीको क्षेत्रमा नेपाल सरकारले लिएको लक्ष्यलाई पूरा गर्न विश्व बैंक सधैँ सहयोग गर्न तयार रहेको बताएका थिए । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वयका आधारमा आयोजना अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ७ : २८ बजे

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि