युट्युव च्यानल ‘मिम नेपाल’का प्रस्तोता प्रहरीको फन्दामा « Khabarhub

युट्युव च्यानल ‘मिम नेपाल’का प्रस्तोता प्रहरीको फन्दामा


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर विक्रम–२ फिल्मबारेको अन्तरवार्ता र फिल्म समिक्षापछि विवादमा तानिएको युट्युब च्यानल मिम नेपालका प्रस्तोता प्रणेश गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला अदालत काठमाडौंले उनलाई पक्राउ गर्न आदेश दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनको मुद्धाको अन्तिम फैसला नआउन्जेलसम्म हिरासतमै रहने जनाइएको छ । त्यस्तै, अदालतले उक्त च्यानलका सञ्चालक आदर्श मिश्रलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । मुद्धाको अन्तिम सुनुवाई भने अर्को साता हुने जनाइएको छ ।

प्रदर्शन अगाडि प्रचारका क्रममा फिल्मका दुई शीर्ष कलाकार वर्षा शिवाकोटी र नाजिर हुसेन मिम नेपालको च्यानलमा अन्तर्वार्ता दिन पुगेका थिए । उक्त अन्तर्वार्तामा कलाकारसँग प्रस्तुतकर्ताले निकै नै आक्रामक शैलीमा प्रश्न सोधेका थिए ।

त्यस्तै, सोही च्यानलबाट अपलोड गरिएको अर्को एक समीक्षा भिडियोमा चक्कुको प्रयोग गरेरै समीक्षा गरिएको थियो । अर्कोतिर समीक्षा गर्ने व्यक्तिले छाडा शब्दको प्रयोग गरेर भिडियो बनाएका छन् । मिम नेपालको यस्तो भिडियोले आफूलाई ठूलो क्षति पुगेको भन्दै फिल्मका निर्देशक चाम्सले मुद्दा दर्ता गराएका थिए ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १० : १८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको