युट्युव च्यानल ‘मिम नेपाल’का प्रस्तोता प्रहरीको फन्दामा « Khabarhub

युट्युव च्यानल ‘मिम नेपाल’का प्रस्तोता प्रहरीको फन्दामा


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर विक्रम–२ फिल्मबारेको अन्तरवार्ता र फिल्म समिक्षापछि विवादमा तानिएको युट्युब च्यानल मिम नेपालका प्रस्तोता प्रणेश गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला अदालत काठमाडौंले उनलाई पक्राउ गर्न आदेश दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनको मुद्धाको अन्तिम फैसला नआउन्जेलसम्म हिरासतमै रहने जनाइएको छ । त्यस्तै, अदालतले उक्त च्यानलका सञ्चालक आदर्श मिश्रलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । मुद्धाको अन्तिम सुनुवाई भने अर्को साता हुने जनाइएको छ ।

प्रदर्शन अगाडि प्रचारका क्रममा फिल्मका दुई शीर्ष कलाकार वर्षा शिवाकोटी र नाजिर हुसेन मिम नेपालको च्यानलमा अन्तर्वार्ता दिन पुगेका थिए । उक्त अन्तर्वार्तामा कलाकारसँग प्रस्तुतकर्ताले निकै नै आक्रामक शैलीमा प्रश्न सोधेका थिए ।

त्यस्तै, सोही च्यानलबाट अपलोड गरिएको अर्को एक समीक्षा भिडियोमा चक्कुको प्रयोग गरेरै समीक्षा गरिएको थियो । अर्कोतिर समीक्षा गर्ने व्यक्तिले छाडा शब्दको प्रयोग गरेर भिडियो बनाएका छन् । मिम नेपालको यस्तो भिडियोले आफूलाई ठूलो क्षति पुगेको भन्दै फिल्मका निर्देशक चाम्सले मुद्दा दर्ता गराएका थिए ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १० : १८ बजे

बालेन सरकार आएपछि ओली-देउवाबाट राजनीतिक नियुक्ति लिएकाको भविष्य के होला ?

काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजासँगै देशको

अर्थविद् केशव आचार्यको निधन

काठमाडौं– अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका

कराते खेलाडी एरिका तमुधि यूकेकी गुडविल एम्बासडर नियुक्त

काठमाडौं– कराते खेलाडी एरिका गुरूङलाई तमुधि युकेले गुडविल एम्बास्डर घोषणा

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको