चार देशमा राजदूत सिफारिशः अष्ट्रेलियामा दाहाल, स्पेनमा शेर्पा « Khabarhub

चार देशमा राजदूत सिफारिशः अष्ट्रेलियामा दाहाल, स्पेनमा शेर्पा


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले अष्ट्रेलिया, स्पेन, बंगलादेश र कतारसहित चार देशका लागि राजदूत सिफारिश गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलियाका लागि महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि नारद भारद्वाजर बंगलादेशका लागि वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।

सिफारिशमा परेका चार जना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेता माधव नेपाल निकटका छन्। लक्की शेर्पा फर्किएपछि खाली भएको अष्ट्रेलियामा अध्यक्ष प्रचण्डको प्रस्तावमा दाहाललाई सिफारिश गरिएको हो।

भारद्वाज प्रधानमन्त्री ओलीकै प्रस्तावमा कतारको राजदूत सिरफारिश भएको बुझिएको छ । उनी पार्टी एकता हुनुअघि तत्कालीन नेकपा एमालेको विदेश विभागका सदस्य थिए।स्पेनका लागि राजदूत सिफारिश भएकी दावाफुटी शेर्पा पर्यटन क्षेत्रमा सक्रिय महिला हुन्।

त्यस्तै बंगलादेशका लागि राजदूत सिफारिश भएका डा बंशिधर मिश्र पूर्व स्वास्थ्य राज्यमन्त्री तथा नेकपाका नेता हुन्। मिश्र वरिष्ठ नेता माधव नेपालको प्रस्तावमा सिफारिश भएको बुझिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ९ : १४ बजे

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको

तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी (तस्बिरहरू)

काठमाडाैं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म