चार देशमा राजदूत सिफारिशः अष्ट्रेलियामा दाहाल, स्पेनमा शेर्पा « Khabarhub

चार देशमा राजदूत सिफारिशः अष्ट्रेलियामा दाहाल, स्पेनमा शेर्पा


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले अष्ट्रेलिया, स्पेन, बंगलादेश र कतारसहित चार देशका लागि राजदूत सिफारिश गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलियाका लागि महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि नारद भारद्वाजर बंगलादेशका लागि वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।

सिफारिशमा परेका चार जना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेता माधव नेपाल निकटका छन्। लक्की शेर्पा फर्किएपछि खाली भएको अष्ट्रेलियामा अध्यक्ष प्रचण्डको प्रस्तावमा दाहाललाई सिफारिश गरिएको हो।

भारद्वाज प्रधानमन्त्री ओलीकै प्रस्तावमा कतारको राजदूत सिरफारिश भएको बुझिएको छ । उनी पार्टी एकता हुनुअघि तत्कालीन नेकपा एमालेको विदेश विभागका सदस्य थिए।स्पेनका लागि राजदूत सिफारिश भएकी दावाफुटी शेर्पा पर्यटन क्षेत्रमा सक्रिय महिला हुन्।

त्यस्तै बंगलादेशका लागि राजदूत सिफारिश भएका डा बंशिधर मिश्र पूर्व स्वास्थ्य राज्यमन्त्री तथा नेकपाका नेता हुन्। मिश्र वरिष्ठ नेता माधव नेपालको प्रस्तावमा सिफारिश भएको बुझिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ९ : १४ बजे

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि