भारतसँग ७ विकेटले हार्‍यो श्रीलंका « Khabarhub

भारतसँग ७ विकेटले हार्‍यो श्रीलंका


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा श्रीलंकालाई पराजित गर्दै भारत शीर्ष स्थानमा उक्लिएको छ । रोहित शर्माको कीर्तिमानी शतकमा विश्वकप क्रिकेटमा भारतले श्रीलंकालाई पराजित गरेको हो । रोहितले एकै विश्वकपमा कीर्तिमानी पाँचौ शतक प्रहार गर्दा भारतले श्रीलंकालाई ७ विकेटले हराएको हो ।

२ सय ६५ रनको औसत लक्ष्य भारतले ४३ दशमलव ४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो । भारतको जितमा रोहित शर्मा र केएल राहुलले शतक प्रहार गरे । रोहितले १ सय ३ रनको शतकिय ईनिङ्स खेल्दा के एल राहुलले १ सय ११ रन बनाए ।

कप्तान विराट कोहली ३४ रनमा नटआउट रहदाँ ऋषभ पन्त ४ रनमा पेभिलियन फर्किए । हार्दिक पाण्डेया ७ रनमा अविजित रहे । श्रीलंकाका लाथिस मालिङ्गा, कासन राजिथा र इसुरु उडानाले समान एक एक विकेट लिए ।

यसअघि, लिड्समा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६४ रन बनाएको थियो ।

१२ ओभरमा ४ विकेट गुमाएको श्रीलंकाका लागि एन्जेलो म्याथ्युज र लहिरु थिरिमानेले १ सय १२४ रनको साझेदारी गर्दै श्रीलंकाको सम्मानजनक स्थितिमा पुर्याएका थिए । श्रीलंकाका म्याथ्युजले सर्वाधिक १ सय १३ रनको शतकीय इनिङ्स खेले । यस्तै थिरिमानेले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा धनन्जय सिल्भाले २९ रनको योगदान गरे । भारतका जस्प्रित बुम्राले ३ विकेट हात पारे ।

यो जीतसँगै भारतले ९ खेलबाट १५ अंक जोडेको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ८ : ४७ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण