पुर्ख्यौली पेशा छाडेर तरकारी खेतीतर्फ आकर्षित हुँदै बोटे समुदाय « Khabarhub

पुर्ख्यौली पेशा छाडेर तरकारी खेतीतर्फ आकर्षित हुँदै बोटे समुदाय


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– मादी र सेती नदीमा माछा मारेर गुजारा चलाउने बोटे समुदायका मानिसहरु पछिल्लो समय तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

तनहुँको व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रमा बसोबास गर्ने बोटे समुदायका मानिसहरु यसअघि मादी र सेती नदीमा माछा मार्ने, ज्याला मजदूरी तथा ठूला नदीहरुमा गई बालुवा धोएर सुन निकाल्ने जस्ता पुर्ख्यौली पेशाका आधारमा गुजारा चलाउँदै आएका थिए ।

मादी नदीको बगरमा गरिएको तरकारी खेतीबाट दैनिक २ देखि ३ हजार रुपैयाँसम्म आम्दानी हुने भएपछि बोटे समुदायले विस्तारै पुर्ख्यौली पेशा छाड्न थालेका छन् ।

स्थानीय कृषक चित्रबहादुर बोटेका अनुसार खोलामा माछा नपाइने, नदी किनारमा अनियन्त्रित रुपमा खोलिएका क्रसर उद्योगले गर्दा सुन नपाइने जस्ता कारणले परम्परागत पुर्ख्यौली पेशा धरापमा पर्दै गएको छ ।

शिक्षा तथा आवश्यक सीप केही नहुँदा लामो समय वैदेशिक रोजागारीमा टिक्न नसकेर सात जना बोटे युवा स्वदेश फर्किएर अहिले तरकारी खेतीतर्फ लागेका छन् । तरकारी खेतीले दैनिकीमा परिवर्तन ल्याएको र आफूले जति मिहेनत गर्न सकियो त्यति नै आम्दानी गर्न सकिने हुँदा बगरको तरकारी खेतीले यहाँका बोटे समुदायको जीवनस्तर माथि उकास्न सहज भएको कृषक चित्रबहादुरको भनाइ छ ।

माछा मार्न र ज्याला मजदूरीमा दौडधुप गर्ने यहाँका बोटे समुदाय चार वर्षदेखि समूहमा आवद्ध भई मादी नदी किनारको बगरमा तरबुजा तथा तरकारी खेती गर्न व्यस्त छन् । मत्स्यजन्य कृषक समूह गठन गरी यहाँका बोटे तथा अन्य समुदायले मादी नदी किनारमा करिब २५ रोपनी क्षेत्रफल बगरमा तरबुजा तथा विभिन्न उन्नत जातका मौसमी, बेमौसीमा तरकारी खेती गर्दै आएका छन् ।

उत्पादित तरकारी बिक्री वितरणका लागि बजारको कुनै समस्या नरहेको उनीहरु बताउँछन् । बोटे तथा अन्य समुदायलाई बगरमा व्यावसायिक तरकारी खेती गर्न आवश्यक प्राविधिक सहयोग, उन्नत जातको बिऊविजन, टनेल निर्माण र सिन्धु कृषि सहकारी संस्थामार्फत तीन लाख ९० हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

उक्त कार्यक्रमले समूहमा आवद्ध यहाँका करिब १७ जना महिलाको जीवनस्तरमा पनि परिवर्तन आएको छ । यहाँका महिलाहरु यतिबेला आफैँले तरकारी उत्पादन गरेर दमौली तथा आसपासका बजारमा लगि बिक्री वितरणबाट राम्रो आम्दानी गर्दै आएको स्थानीय चिजा जोशीले बताइन् ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १२ : २० बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न