पुर्ख्यौली पेशा छाडेर तरकारी खेतीतर्फ आकर्षित हुँदै बोटे समुदाय « Khabarhub

पुर्ख्यौली पेशा छाडेर तरकारी खेतीतर्फ आकर्षित हुँदै बोटे समुदाय


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– मादी र सेती नदीमा माछा मारेर गुजारा चलाउने बोटे समुदायका मानिसहरु पछिल्लो समय तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

तनहुँको व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रमा बसोबास गर्ने बोटे समुदायका मानिसहरु यसअघि मादी र सेती नदीमा माछा मार्ने, ज्याला मजदूरी तथा ठूला नदीहरुमा गई बालुवा धोएर सुन निकाल्ने जस्ता पुर्ख्यौली पेशाका आधारमा गुजारा चलाउँदै आएका थिए ।

मादी नदीको बगरमा गरिएको तरकारी खेतीबाट दैनिक २ देखि ३ हजार रुपैयाँसम्म आम्दानी हुने भएपछि बोटे समुदायले विस्तारै पुर्ख्यौली पेशा छाड्न थालेका छन् ।

स्थानीय कृषक चित्रबहादुर बोटेका अनुसार खोलामा माछा नपाइने, नदी किनारमा अनियन्त्रित रुपमा खोलिएका क्रसर उद्योगले गर्दा सुन नपाइने जस्ता कारणले परम्परागत पुर्ख्यौली पेशा धरापमा पर्दै गएको छ ।

शिक्षा तथा आवश्यक सीप केही नहुँदा लामो समय वैदेशिक रोजागारीमा टिक्न नसकेर सात जना बोटे युवा स्वदेश फर्किएर अहिले तरकारी खेतीतर्फ लागेका छन् । तरकारी खेतीले दैनिकीमा परिवर्तन ल्याएको र आफूले जति मिहेनत गर्न सकियो त्यति नै आम्दानी गर्न सकिने हुँदा बगरको तरकारी खेतीले यहाँका बोटे समुदायको जीवनस्तर माथि उकास्न सहज भएको कृषक चित्रबहादुरको भनाइ छ ।

माछा मार्न र ज्याला मजदूरीमा दौडधुप गर्ने यहाँका बोटे समुदाय चार वर्षदेखि समूहमा आवद्ध भई मादी नदी किनारको बगरमा तरबुजा तथा तरकारी खेती गर्न व्यस्त छन् । मत्स्यजन्य कृषक समूह गठन गरी यहाँका बोटे तथा अन्य समुदायले मादी नदी किनारमा करिब २५ रोपनी क्षेत्रफल बगरमा तरबुजा तथा विभिन्न उन्नत जातका मौसमी, बेमौसीमा तरकारी खेती गर्दै आएका छन् ।

उत्पादित तरकारी बिक्री वितरणका लागि बजारको कुनै समस्या नरहेको उनीहरु बताउँछन् । बोटे तथा अन्य समुदायलाई बगरमा व्यावसायिक तरकारी खेती गर्न आवश्यक प्राविधिक सहयोग, उन्नत जातको बिऊविजन, टनेल निर्माण र सिन्धु कृषि सहकारी संस्थामार्फत तीन लाख ९० हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

उक्त कार्यक्रमले समूहमा आवद्ध यहाँका करिब १७ जना महिलाको जीवनस्तरमा पनि परिवर्तन आएको छ । यहाँका महिलाहरु यतिबेला आफैँले तरकारी उत्पादन गरेर दमौली तथा आसपासका बजारमा लगि बिक्री वितरणबाट राम्रो आम्दानी गर्दै आएको स्थानीय चिजा जोशीले बताइन् ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १२ : २० बजे

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष