काठमाडौं – अभिनेत्री करिश्मा मानन्धर फिल्मका कारण चर्चामा आउन छोडेको धेरै भइसक्यो । पछिल्लो समय उनी फिल्म ‘हिरोज’ मा देखिएकी थिइन् । तर, यो फिल्म पूर्ण रुपमा असफल भयो भन्दा फरक नपर्ला । त्यसो त करिश्मालाई फिल्मसम्बन्धी कार्यक्रममा भने प्राय: देखिन्छ ।
४२ वर्ष लागिसकेकी करिश्माले यसै वर्ष एसईई उत्तीर्ण गरिन् । अहिले करिश्मा दुई कारणले चर्चामा छिन्, पढाइ र राजनीति ।
फिल्मको चर्चा हुन छोडेको लामो समय भइसकेको छ ।
केही समयअघि डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध करिश्माले केही समयअघि राजनीतिबाट विश्राम लिएको बताएकी थिइन् । राजनीतिबाट विश्राम लिने भने पनि राजनीतिबाट उनको सक्रियता भने घटेको छैन, बरु बढेको छ । करिश्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको जन्मदिनमा सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी छिन् ।
यसलाई कतिपयले नेकपाप्रति करिश्माको झुकावका रुपमा हेरेका छन् ।
करिश्माले केही दिनअघि नेकपाका अध्यक्ष प्रचण्डसँग पनि भेट भेट गरेको बताइन्छ । अहिले भने उनको चासो नेकपातिर ढल्केको कतिपयको भनाइ छ । अहिले नेकपा सत्तामा छ ।
त्यसो त करिश्माले आफूले सामाजिक विषयमा पनि आवाज उठाएकी हुन्छिन् । समाज कस्तो हुनुपर्छ र विकास कसरी गर्न सकिन्छ भन्नेमा खुबै चासो राख्ने करिश्मा अब फेरि राजनीतिमा फर्किने हुन् या उनले भनेझैँ नआउने हुन्, त्यो त समयले नै बताउला ।
प्रतिक्रिया