डा‍. बाबुरामलाई छाडेकी करिश्माको राजनीतिक मोह ! | Khabarhub Khabarhub

डा‍. बाबुरामलाई छाडेकी करिश्माको राजनीतिक मोह !


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – अभिनेत्री करिश्मा मानन्धर फिल्मका कारण चर्चामा आउन छोडेको धेरै भइसक्यो । पछिल्लो समय उनी फिल्म ‘हिरोज’ मा देखिएकी थिइन् । तर, यो फिल्म पूर्ण रुपमा असफल भयो भन्दा फरक नपर्ला । त्यसो त करिश्मालाई फिल्मसम्बन्धी कार्यक्रममा भने प्राय: देखिन्छ ।

४२ वर्ष लागिसकेकी करिश्माले यसै वर्ष एसईई उत्तीर्ण गरिन् । अहिले करिश्मा दुई कारणले चर्चामा छिन्, पढाइ र राजनीति ।

फिल्मको चर्चा हुन छोडेको लामो समय भइसकेको छ ।

केही समयअघि डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध करिश्माले केही समयअघि राजनीतिबाट विश्राम लिएको बताएकी थिइन् । राजनीतिबाट विश्राम लिने भने पनि राजनीतिबाट उनको सक्रियता भने घटेको छैन, बरु बढेको छ । करिश्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको जन्मदिनमा सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी छिन् ।

यसलाई कतिपयले नेकपाप्रति करिश्माको झुकावका रुपमा हेरेका छन् ।

करिश्माले केही दिनअघि नेकपाका अध्यक्ष प्रचण्डसँग पनि भेट भेट गरेको बताइन्छ । अहिले भने उनको चासो नेकपातिर ढल्केको कतिपयको भनाइ छ । अहिले नेकपा सत्तामा छ ।

त्यसो त करिश्माले आफूले सामाजिक विषयमा पनि आवाज उठाएकी हुन्छिन् । समाज कस्तो हुनुपर्छ र विकास कसरी गर्न सकिन्छ भन्नेमा खुबै चासो राख्ने करिश्मा अब फेरि राजनीतिमा फर्किने हुन् या उनले भनेझैँ  नआउने हुन्, त्यो त समयले नै बताउला ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ४ : ३३ बजे

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)