लौका र बोडीको माला लगाएर नेविसंघको विरोध प्रदर्शन (फोटो फिचर) « Khabarhub

लौका र बोडीको माला लगाएर नेविसंघको विरोध प्रदर्शन (फोटो फिचर)


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषाधि परीक्षणको काम तत्कालका लागि स्थगन गर्ने सरकारको निर्णयविरुद्ध नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले जनताको स्वास्थ्यमाथि गम्भीरु खेलबाड गर्ने गरी सरकारले लिएको सो निर्णयविरुद्ध प्रदर्शन गरेको हो ।

विषादी परीक्षण रोकेको विरोधमा नेविसंघका कार्यकर्ताले गलामा लौका, बोडी, सिमीलगायतका तरकारीको माला लगाएर प्रदर्शन गरेका थिए ।

भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषाधि परीक्षणको काम तत्काल सूरु नगरे सरकारविरुद्ध देशभर आन्दोलन सुरु गर्ने नेविसंघका नेताहरुले चेतावनी दिए ।

राजधानीको प्रदर्शनी मार्गमा भएको विरोध प्रदर्शनमा ‘विषाधियुक्त फलफूल तथा तरकारी खुवाउन पाईदैन भन्दै नाराबाजी गरेका थिए ।

जनतालाई विष खुवाउने निर्णय सरकारबाटै आएकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले बताए । उनले सरकारले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण सुरु नगरेसम्म सरकारविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी दिए ।

नेविसंघले सरकारको सो निर्णयको विरोधमा सोमबारबाट सबै जिल्लाहरुमा आन्दोलन गर्ने तयारी पनि गरेको छ । भारत तथा तेस्रो मुलुकबाट नेपालमा आयात हुने फलफूल तथा तरकारीको विषादीको परीक्षण तत्कालका लागि स्थगन गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ३ : ४७ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप