विप्लवविरुद्ध प्रहरीको ‘एक्सन’– ४ महिनामा १० थान हतियार फेला « Khabarhub

विप्लवविरुद्ध प्रहरीको ‘एक्सन’– ४ महिनामा १० थान हतियार फेला



काठमाडौं– असार १९ गते बिहीवार, प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नेकपाका एक जना कार्यकर्तालाई संखुवासभाबाट अत्याधुनिक हतियार र गोलीसहित पक्राउ गर्‍यो ।

पक्राउ पर्नेमा निमदोर्जे तामाङ रहेका छन् । असार १६ गते मात्र संखुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोला हेयाङलामा प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त भएको थियो । केहीबेर भिडन्त भए पनि दुवैपक्षमा क्षति हुन भने पाएन ।

असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ को जंगलमा प्रहरी विप्लव समूहबीच दोहोरो भिडन्त हुँदा एक जना विप्लव समूहका कार्यकर्ता मारिए । प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार मारिनेमा विप्लव समूहका सर्लाही जिल्ला इञ्जार्च कुमार पौडेल छन् । यी घटना त केही प्रतिनिधिमुलक उदाहारण मात्र हुन् ।

सरकारले गत फागुन २८ गते प्रतिवन्ध लगाएपछि विप्लव समूहका नेता–कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरी प्रवक्ता पोखरेलका अनुसार, प्रतिबन्ध यता करीब चार महिनाको अवधिमा विप्लव समूहका ५ सय ५९ जना नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन् । त्यसमध्य ८३ जना कारागार चलान भइसकेका छन् ।

यस्तो छ तथ्याङ्क

पक्राउ संख्या – ५५९
पूर्पक्षको लागि कारागार चलान भएका – ८३ जना
अनुसन्धानको क्रममा रहेका – ८३ जना
मुद्दा दर्ता संख्या – ५१७ वटा
सोधपुछ पछि छुटेको – ३९ जना
मुद्दा दर्ता भइ छुटेका – ३५४ जना

                    स्रोतः प्रहरी प्रधान कार्यालय

त्यसो त प्रतिबन्ध यता ६ जनाको मृत्यु भइसकेको छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, काठमाडौंको अनामनगरमा १ जना र सुकेधारमा तीन जनाको बम विष्फोटमा परी मृत्यु भयो ।

त्यसैगरी प्रहरी मुठभेडमा परी सर्लाहीमा १ र भोजपुरमा १ गरी दुईजनाको मत्यु भयो । प्रहरी प्रवक्ता पोखरेलका अनुसार, यी घटनमा ७ जना घाइते भएका छन् । यो अवधिमा प्रहरीले ठूलो परिमाणमा हतियार तथा गोली बरामद् गरेको छ ।

यस्तो छ बरामद् संख्या

साना हतियार – ७ थान
ठूलो हतियार – ३ थान
गोली – २३१ राउण्ड

                          स्रोतः प्रहरी प्रधान कार्यालय

तथ्याङ्क अनुसार, अहिले सम्म १८ स्थानमा बम विष्फोटनका घटना भए पनि ९५ स्थानमा राखिएका बम वम डिस्पोजल टोलीले निष्कृय बनाएको छ । त्यसैगरी १० स्थानमा आगजानी तथा तोडफोडका घटना भएका छन् ।

विप्लव भन्छन् – सरकारले युद्ध भड्काउने खेल खेलिरहेको छ 

नेत्रविक्रम चन्द विप्लवले केही समय अघि खबरहब सँगको अन्तर्वार्ताका क्रममा केपीओली सरकारले प्रतिबन्धका नाममा आफ्नो समूहमाथि फासिवादी आततायी दमन गरिरहेको आरोप लगाएका छन् । अन्तर्वार्तामा उनले भनेका छन् – हामीले भने जनताको अभिमत अनुरुप राजनीतिक संघर्ष चलाइरहेका छौं । बन्दुक चलाएका छैनौं । तरपनि हाम्रा नेता तथा कार्यकर्ताको हत्या गर्ने काम भइरहेको छ । सरकारको यो गतिविधिले युद्ध भड्काउने खेल खेलिरहेको स्पष्ट हुन्छ ।

प्रहरी भन्छ – विप्लव समूह चुनौती बनेको छ, निगरानीमा राखेका छौं

प्रहरी प्रवक्ता विश्वराज पोखरेले भन्छन् – नेपालमा सुरक्षा व्यवस्थापनमा धेरै ठूलो चुनौती नै छ भन्ने अवस्था त छैन । तर, पनि केही यस्ता समूह छन्, जो कुनै अवस्थामा शान्ति व्यवस्था कायम गर्ने क्रममा त्यसको बाधक बन्न सक्छन् ।

यस्ता समूहलाई सरकारले पनि ‘आइडेन्टीफाई’ गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा भनिने समूहले केही हदसम्म चुनौती सिर्जना गरेको छ । यद्यपि हामीले उक्त समूहलाई निरन्तर निगरानीमा राखेका छौं । उनीहरुले कुनै खालको थ्रेट उत्पन्न गराउन सक्ने विषयमा हामीले पहिले नै सजगता अपनाएर सोही अनुसारको सुरक्षा रणनीति अपनाएका हुन्छौं ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ५ : ३१ बजे

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग