विप्लवविरुद्ध प्रहरीको ‘एक्सन’– ४ महिनामा १० थान हतियार फेला « Khabarhub

विप्लवविरुद्ध प्रहरीको ‘एक्सन’– ४ महिनामा १० थान हतियार फेला



काठमाडौं– असार १९ गते बिहीवार, प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नेकपाका एक जना कार्यकर्तालाई संखुवासभाबाट अत्याधुनिक हतियार र गोलीसहित पक्राउ गर्‍यो ।

पक्राउ पर्नेमा निमदोर्जे तामाङ रहेका छन् । असार १६ गते मात्र संखुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोला हेयाङलामा प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त भएको थियो । केहीबेर भिडन्त भए पनि दुवैपक्षमा क्षति हुन भने पाएन ।

असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ को जंगलमा प्रहरी विप्लव समूहबीच दोहोरो भिडन्त हुँदा एक जना विप्लव समूहका कार्यकर्ता मारिए । प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार मारिनेमा विप्लव समूहका सर्लाही जिल्ला इञ्जार्च कुमार पौडेल छन् । यी घटना त केही प्रतिनिधिमुलक उदाहारण मात्र हुन् ।

सरकारले गत फागुन २८ गते प्रतिवन्ध लगाएपछि विप्लव समूहका नेता–कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरी प्रवक्ता पोखरेलका अनुसार, प्रतिबन्ध यता करीब चार महिनाको अवधिमा विप्लव समूहका ५ सय ५९ जना नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन् । त्यसमध्य ८३ जना कारागार चलान भइसकेका छन् ।

यस्तो छ तथ्याङ्क

पक्राउ संख्या – ५५९
पूर्पक्षको लागि कारागार चलान भएका – ८३ जना
अनुसन्धानको क्रममा रहेका – ८३ जना
मुद्दा दर्ता संख्या – ५१७ वटा
सोधपुछ पछि छुटेको – ३९ जना
मुद्दा दर्ता भइ छुटेका – ३५४ जना

                    स्रोतः प्रहरी प्रधान कार्यालय

त्यसो त प्रतिबन्ध यता ६ जनाको मृत्यु भइसकेको छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, काठमाडौंको अनामनगरमा १ जना र सुकेधारमा तीन जनाको बम विष्फोटमा परी मृत्यु भयो ।

त्यसैगरी प्रहरी मुठभेडमा परी सर्लाहीमा १ र भोजपुरमा १ गरी दुईजनाको मत्यु भयो । प्रहरी प्रवक्ता पोखरेलका अनुसार, यी घटनमा ७ जना घाइते भएका छन् । यो अवधिमा प्रहरीले ठूलो परिमाणमा हतियार तथा गोली बरामद् गरेको छ ।

यस्तो छ बरामद् संख्या

साना हतियार – ७ थान
ठूलो हतियार – ३ थान
गोली – २३१ राउण्ड

                          स्रोतः प्रहरी प्रधान कार्यालय

तथ्याङ्क अनुसार, अहिले सम्म १८ स्थानमा बम विष्फोटनका घटना भए पनि ९५ स्थानमा राखिएका बम वम डिस्पोजल टोलीले निष्कृय बनाएको छ । त्यसैगरी १० स्थानमा आगजानी तथा तोडफोडका घटना भएका छन् ।

विप्लव भन्छन् – सरकारले युद्ध भड्काउने खेल खेलिरहेको छ 

नेत्रविक्रम चन्द विप्लवले केही समय अघि खबरहब सँगको अन्तर्वार्ताका क्रममा केपीओली सरकारले प्रतिबन्धका नाममा आफ्नो समूहमाथि फासिवादी आततायी दमन गरिरहेको आरोप लगाएका छन् । अन्तर्वार्तामा उनले भनेका छन् – हामीले भने जनताको अभिमत अनुरुप राजनीतिक संघर्ष चलाइरहेका छौं । बन्दुक चलाएका छैनौं । तरपनि हाम्रा नेता तथा कार्यकर्ताको हत्या गर्ने काम भइरहेको छ । सरकारको यो गतिविधिले युद्ध भड्काउने खेल खेलिरहेको स्पष्ट हुन्छ ।

प्रहरी भन्छ – विप्लव समूह चुनौती बनेको छ, निगरानीमा राखेका छौं

प्रहरी प्रवक्ता विश्वराज पोखरेले भन्छन् – नेपालमा सुरक्षा व्यवस्थापनमा धेरै ठूलो चुनौती नै छ भन्ने अवस्था त छैन । तर, पनि केही यस्ता समूह छन्, जो कुनै अवस्थामा शान्ति व्यवस्था कायम गर्ने क्रममा त्यसको बाधक बन्न सक्छन् ।

यस्ता समूहलाई सरकारले पनि ‘आइडेन्टीफाई’ गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा भनिने समूहले केही हदसम्म चुनौती सिर्जना गरेको छ । यद्यपि हामीले उक्त समूहलाई निरन्तर निगरानीमा राखेका छौं । उनीहरुले कुनै खालको थ्रेट उत्पन्न गराउन सक्ने विषयमा हामीले पहिले नै सजगता अपनाएर सोही अनुसारको सुरक्षा रणनीति अपनाएका हुन्छौं ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ५ : ३१ बजे

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र