ट्रम्प प्रशासन असक्षम र असुरक्षित रहेको टिप्पणी « Khabarhub

ट्रम्प प्रशासन असक्षम र असुरक्षित रहेको टिप्पणी


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– अमेरिकाका लागि बेलायती राजदूत सर किम डराकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन असक्षम र असुरक्षित रहेको टिप्पणी गरेका छन् ।

अमेरिकाका लागि बेलायती राजदूत डराकले पठाएको गोप्य इमेलमा ट्रम्प प्रशासनका कारण ह्वाइट हाउस विभाजित रहेको टिप्पणी गरिएको छ । उनका गोप्य इमेल मेल अन सण्डे नामक बेलायती अखबारले सार्वजनिक गरेको हो ।

बेलायतका विदेश मन्त्रालयले ती इमेलहरु ‘हानीप्रद’ रहेको प्रतिक्रिया दिएपनि इमेलको यथार्थताबारे कुनै टिप्पणी गरेको छैन । यसबारे ट्रम्प प्रशासनको टिप्पणी पनि सार्वजनिक भइसकेको छैन ।

इमेलमा राजदूत डराकले ट्रम्प प्रशासन सामान्य, सुरक्षित र सक्षम भइहाल्ने सम्भावना नरहेको समेत टिप्पणी गरेका छन् । त्यस्तै, इमेलमा उनले ट्रम्प आत्मकेन्द्रित रहेको समेत उल्लेख गरेका छन् । सन् २०१७ देखि हालसम्म पठाइएका विभिन्न इमेलमा राजदूतले ट्रम्प प्रशासनका विदेश नीतिबारे पनि चर्को आलोचना गरेको सन्डे टाइम्सले खुलासा गरेको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ५ : १५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको