४३ सय वर्ष पुरानो बेबिलोन शहर विश्व सम्पदा सूचीमा सूचीकृत « Khabarhub

४३ सय वर्ष पुरानो बेबिलोन शहर विश्व सम्पदा सूचीमा सूचीकृत


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाकु– संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोले इराकको प्राचिन बेबेलोन क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गरेको छ ।

अजरबैजानको राजधानी बाकुमा भएको सम्मेलनले ४३०० वर्ष पुरानो शहरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने निर्णय गरेको हो । उक्त क्षेत्रमा हाल भग्नावशेष र दुई संग्रहालय छन् ।

इराकले दशकौंदेखि युनेस्कोसमक्ष बेबिलोन शहरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्दै आएको थियो । इराकी प्रधानमन्त्री अदिल अब्दुल महदी, राष्ट्रपति बर्हाम सालेह, सँस्कृतिमन्त्री अब्दुल अमिर हमदानी र अन्य इराकी अधिकारीले युनेस्कोको निर्णयलाई स्वागत गरेका छन् ।

दशकौंयता इराकमा चलेको द्वन्द्वअघि हरेक वर्ष दशौं हजार पर्यटकले भ्रमण गर्ने उक्त क्षेत्रमा हाल भने थोरैमात्र पर्यटक आउने गरेका छन् ।
बेबिलोन शहरमा बेबिलोन राजा हम्मुराबीले विख्यात ऐतिहासिक ‘हम्मुराबीको नियम’ लेखेका थिए । यही शहरमा तत्कालिन नव बेबिलोन साम्राज्यका शासक नेबुकन्दनेजारले अभूतवूर्प झुल्ने बगैँचा निर्माण गरेका थिए ।

नेबुकन्दनेजारले यही शहरबाट जेरुसलेममा आक्रमण गरी यहुदीहरुलाई दासका रुपमा बेबिलोनियामा ल्याएका थिए । त्यस्तै, एशिया, युरोप र अफ्रिका गरी तीन महादेशमा शासन गरेका मेसेडोन शासक अलेक्जाण्डर महान्ले पनि यही शहरमा प्राण त्योगेका बताइन्छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ५ : २६ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति