देशको माया छ भने पहिले संगीत बचाउनुस्: कुमार बस्नेत « Khabarhub

देशको माया छ भने पहिले संगीत बचाउनुस्: कुमार बस्नेत


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – कुनै समय थियो, गायकहरुले नेपालका गाउँगाउँ डुलेर गीत तयार पार्ने गर्थे । पछिल्लो पुस्ताका गायक गायिकाले भने संगीत चोरी गर्ने गरेको आरोप निरन्तर खेप्नुपरेको छ । यसैबीच वरिष्ठ गायक कुमार बस्नेले पछिल्लो समय संगीत चोरी हुन थालेको घटना लाजमर्दो भएको बताएका छन् ।

साथै उनले नेपाली संगीत क्षेत्रमा गीत चोरीका घटना बढेकोमा उनले चिन्ता व्यक्त गरे । ‘चोरेर खुशी हुन्छन्, अब हामीले के भन्ने ? मैले बोलेर हुने कुरा होइन, मलाई त नेपाली हुँ भन्न पनि लाज लाग्न थाल्यो,’ खबरहबसँगको कुराकानीमा गायक बस्नेतले भने, ‘पहिले पहिले चोर्नु महापाप हो भन्थे, अहिले चोरेर ठूलो भइन्छ भन्ने परेको छ ।’

उनले नेपाली संस्कृति बचाउने हो भने पहिले नेपाली मौलिक गीत बचाउनुपर्ने धारणा राखे । ‘देशप्रति माया छ भने पहिले संगीत बचाउनुस्, अस्तित्व बचाउनुस्,’ उनले भने ।

पछिल्लो समय नेपाली संगीत क्षेत्रमा संगीत चोरीको आरोप बहसको विषय बनेको छ । केही समयअघि गायक प्रकाश सपूतको गीत ‘गलबन्दी’ पनि चोरीको लफडामा मुछिएको थियो ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ६ : २६ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर