पत्रकार शान्ति लामामाथि भएको आक्रमणलाई लिएर वास मिडिया फोरमले गर्‍यो भर्त्सना | Khabarhub Khabarhub

पत्रकार शान्ति लामामाथि भएको आक्रमणलाई लिएर वास मिडिया फोरमले गर्‍यो भर्त्सना


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोरखापत्र दैनिकमा कार्यरत पत्रकार शान्ति लामामाथि समाचार संकलनका क्रममा भएको दुर्व्यहार तथा आक्रमणप्रति वास मिडिया फोरमले घोर भर्त्सना गरेको छ ।

वास मिडिया फोरमकी केन्द्रीय कार्यसमिति सदस्यसमेत रहेकी लामामाथि काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं. ५ स्थित भत्केपाटी, जाखामा समाचार संकलनका क्रममा स्थानीयबाट भौतिक आक्रमण गर्ने उद्देश्यले लछारपछार गरिएको घटनाको फोरमले कडा शब्दमा निन्दा गरेको हो ।

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको घर स्थानीयले भत्काउँदै गरेको तस्बिर खिच्दै गर्दा पत्रकार लामाको मोबाइल जबर्जस्ती खोसिएको तथा भौतिक आक्रमण गर्ने उद्देश्यले लछारपछार गरिएको दुर्व्यहार गरिएको थियो ।

फोरमका महासचिव पी.टी. लोप्चनले आइतबार जारी गरेको विज्ञप्तीमा ‘गोरखापत्र संस्थानमा कार्यरत रहेको परिचय-पत्र देखाउँदासमेत भूमाफियाको मान्छे भन्दै आक्रमणको प्रयास हुनुमा अतिक्रमितलाई सघाउँनका लागि आएको भन्ने बुझाइबाट आक्रोशित समूहले पत्रकार लामालाई तारो बनाएको भन्ने हाम्रो ठहर छ’ भनिएको छ ।

सत्यतथ्य समाचार संकलन गर्न गएका पत्रकार लामाप्रति भएको यो प्रहार सिंगो स्वतन्त्र प्रेस माथिको प्रहार भएको वास मिडिया फोरमको ठम्याई छ ।

त्यसैले पत्रकार लामामाथि दुव्र्यवहार गर्ने व्यक्तिहरुको पहिचान गरी तत्काल कानूनी कारबाही गर्न र पत्रकारको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग फोरमले जोडदार माग गरेको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ७ : ४९ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित