सिरियाली सैन्य कारवाहीमा २ महिनामा ५ सय बढीले ज्यान गुमाए « Khabarhub

सिरियाली सैन्य कारवाहीमा २ महिनामा ५ सय बढीले ज्यान गुमाए


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमास्कस– रुसी सहयोगमा सिरियाली फौजले पछिल्लो दुई महिनायता विद्रोहीविरुद्ध गरेको सैनिक कारवाहीमा हालसम्म ५ सयभन्दा धेरै सर्वसाधारणको ज्यान गएको प्रतिवेदन सार्वजनिक भएको छ ।

सिरियाली मानव अधिकार सञ्जाल नामक संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विद्रोहीविरुद्ध रुसी सहयोगमा सिरियाली सेनाले गरेको कारवाहीमा अरु २ हजारभन्दा धेरै सर्वसाधारण घाइते भएको जनाइएको छ ।

इडलिब प्रान्त तथा त्यस आसपास रहेको विद्रोही गढमा गरिएको सैनिक कारवाहीमा ५४४ सर्वसाधारण मारिएको जनाइएको छ । मारिनेमध्ये १३० बालबालिका छन् । त्यस्तै, सैनिक कारवाहीमा अरु २११७ सर्वसाधारण घाइते भएका छन् ।

उक्त संस्थाले सिरियाली सेनाले जानाजान सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप समेत लगाएको छ । विद्रोहीविरुद्ध रुसी वायुसेनाको सहयोगमा सिरियाली सेनाले गत अप्रिल २६ यता सैनिक कारवाही गर्दै आएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ८ : १२ बजे

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित