बोको हरामले थापेको ‘एम्बुस’मा ५ सैनिकको ज्यान गयो « Khabarhub

बोको हरामले थापेको ‘एम्बुस’मा ५ सैनिकको ज्यान गयो


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अबुजा– नाइजेरियामा लडाकु समूह बोको हरामले उत्तरपूर्वी धराप थापेर गराएको आक्रमणमा कम्तीमा ५ सैनिकको ज्यान गएको छ ।

गत बिहीबार नाइजेरियाको बोर्नो राज्यस्थित दाम्बोआ क्षेत्रमा बोको हराम लडाकुको गढमा कारवाही गर्न गएका नाइजेरियाका सैनिकलाई लडाकुले धराप थापेर आक्रमण गरेको नाइजेरियाली अधिकारीले आइतबार जनाएका छन् ।

आक्रमणमा अरु दर्जनौं सैनिक हराइरहेको र अन्य केही घाइते भएको जनाइएको छ । अरु धेरै सङ्ख्यामा नाइजेरियाली सेना हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

नाइजेरियामा सक्रिय बोको हराम लडाकुले बेलाबेला सैनिक तथा सार्वजनिक निशानालाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ८ : १६ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति