द्रुतमार्गको प्रगति बारे प्रधानमन्त्रीलाई गराइयो जानकारी « Khabarhub

द्रुतमार्गको प्रगति बारे प्रधानमन्त्रीलाई गराइयो जानकारी


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली सेनाले आफ्नो व्यवस्थापकीय जिम्मेवारीमा निर्माणाधीन ‘काठमाडौं–तराई–मधेश द्रुतमार्ग’को हालसम्मको प्रगति बारे जानकारी गराएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार साँझ जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका थिए । उनलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डामा स्वागत गरे ।
द्रुतमार्ग आयोजनाका आयोजना प्रमुखले हालसम्म भएका प्रगति बारे प्रस्तुतिकरणमार्फत जानकारी गराएकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, मुख्य सचिव लोकदर्शन रेग्मी, रक्षा सचिव रेश्मीराज पाण्डे तथा सेनाका रथीवृन्दहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ८ : ३८ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको