पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कैलालीको ताम्चा, सुगरखालस्थित नवदुर्गा राष्ट्रिय निमाविको व्यवस्थापन समिति अध्यक्ष यामबहादुर घर्तीमगरसहित ४ जना र जिल्ला अदालत बाराका खरिदार सुनील चौधरीविरुद्ध अख्तियारले विशेषा अदालतमा मुद्दा दायर गरिएको हो ।

घर्तीमगरले तत्कालीन प्रधानाध्यापक गोकर्णप्रसाद उपाध्यायसँग मिलेर दैलेखका शिक्षक अशोकप्रसाद तिवारीको अध्ययन अनुमतिपत्र पेस गरी व्यवस्थापन समितिको फर्जी निर्णय पुस्तिका र नियुक्तिपत्र तयार पारेर राहत शिक्षक कोटामा प्रकाशमान जैसीलाई नियुक्त गरेको अख्तियारले जनाएको छ ।

चौधरीले अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्न सेवाग्राहीसँग १८ हजार रुपैयाँ घूस लिएको अख्तियारको आरोप छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ८ : ४५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया