कश्मीर तनाव: सडकमा सैन्य गस्ती, नेताहरुबाट चर्को विरोध « Khabarhub

कश्मीर तनाव: सडकमा सैन्य गस्ती, नेताहरुबाट चर्को विरोध


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारत प्रशासित जम्मू-कश्मीरलाई स्वायत्तताको अभ्यास गर्नका लागि प्राप्त विशेष राज्यको संवैधानिक दर्जा केन्द्र सरकारले हटाउने निर्णयले कश्मीरमा तनाव जारी छ ।

सडकमा सैन्य गस्ती गरिएको छ भने  फोन र इन्टरनेट सेवा पूर्ण बन्द गरिएका छन् । सरकारी यो कदमको कश्मीरी नेताहरूले विरोध गरेका छन्। आफ्नै निवासमा नजरबन्दमा राखिएका ती नेताहरूले भारतको निर्णयप्रति तीव्र विरोध जनाइरहेका छन्।

जसमध्ये एक पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीले आफू शब्दले वर्णन गर्न नसक्ने गरी स्तब्ध भएको बताएकी छन्। उनले गाजा क्षेत्रमा इजरेल जस्तै अब भारत पनि कश्मीरमा ‘अतिक्रमणकारी फौज’ हुने बताइन्।

‘कालो दिन’
उनले भनिन्, “मलाई लाग्छ आज भारतीय प्रजातन्त्रको सबैभन्दा कालो दिन हो।”

“हामी जो कश्मीरको नेतृत्वमा छौँ, जसले ठूलो आशमा भारतसँग मिलेर दुई राष्ट्र सिद्धान्तलाई अस्वीकार गरेका थियौँ आज लाग्छ पाकिस्तानको सट्टा भारत रोजेकोमा हामी गलत थियौँ।”

कश्मीरको भूभाग दाबी गर्दै आएको पाकिस्तानले भारतीय निर्णयको कडा निन्दा गरेको छ। उसले भारतको निर्णयलाई खतरनाक खेलको सङ्ज्ञा दिएको छ।

इस्लामाबादस्थित विदेश मन्त्रालयले भनेको छ, उसले यो निर्णयको विरोधमा सबै सम्भाव्य विकल्पको अभ्यास गर्नेछ।

कश्मीरको विशेष हैसियत उल्टाउने कदमलाई उसले ‘अवैधानिक’ भन्दै उक्त क्षेत्र अन्तर्राष्ट्रिय रूपमै विवादित भनी चिनिएको बताएको छ।

पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरैशीले भने, “भारतले निकै खतरनाक खेल खेलेको छ। यसको असर पूरै क्षेत्रमा निकै भयानक हुन सक्छ।”

उनले आफ्ना प्रधानमन्त्री इमरान खानले कश्मीर मुद्दालाई समाधानतर्फ डोर्‍याउन चाहेको तर भारतले त्यसलाई जटिल बनाइदिएको बताए।

उनको भनाइमा भारतको निर्णयले कश्मीरीहरूलाई पहिलेभन्दा बढी ‘कैद’ गरिदिएको छ।

उनले भने, “हामीले यो मुद्दाबारे संयुक्त राष्ट्रसङ्घलाई सूचित गरिदिएका थियौँ। इस्लामिक देशहरूलाई पनि पनि जानकारी गराएका छौँ। सबै मुस्लिम मिलेर कश्मीरीको कुशलताको कामना गरौँ। पाकिस्तानी जनता पूर्ण रूपमा कश्मीरीहरूको साथ छौँ।”

पाकिस्तान प्रशासित कश्मीरमा प्रदर्शनकारीहरूले कालो झण्डा बोकेर भारत विरोधी नारा लगाउँदै विरोध जनाएका छन्। तर भारतभरि कतिपयले सरकारी निर्णयको स्वागत गर्दै उत्सव मनाएका छन्। मुम्बईमा शिवसेनाले कश्मीरको भारतमा एकीकरण पूर्ण भएको भन्दै मिठाइ बाँडेको छ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ७ : ०२ बजे

‘इजरायल–लेबनानबीच ४५ दिन युद्धविराम विस्तारमा सहमति’ 

एजेन्सी– लेबनानमा जारी इजरायली आक्रमणका बीच इजरायल र लेबनान आगामी

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग नगर्न चेतावनी

 काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम, प्रधानमन्त्रीको नाम तथा कार्यालयको

चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

प्रविधि क्षेत्रका छुटेका विषय बजेटमार्फत सम्बोधन गर्नुपर्छ : भीष्मराज आङदेम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे ले

राष्ट्रपति पुटिनको चीन भ्रमण कार्यक्रम सार्वजनिक

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको  चीनको दुई दिने भ्रमणको  कार्यक्रम