बलिउड आइटम गर्ल राखी सावन्तले किन गरिन् गुपचुपमै विवाह ? « Khabarhub

बलिउड आइटम गर्ल राखी सावन्तले किन गरिन् गुपचुपमै विवाह ?


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउडकी आइटम गर्ल राखी सावन्तले अन्ततः आफूले गोप्यरुपमा विवाह गरेको स्वीकारेकी छिन् ।

४० वर्षीया सावन्तले यसअघि आफ्नो विवाह भएको कुरा अस्वीकार गर्दै आएकी थिइन् । उनका श्रीमानको नाम रितेश हो । उनी युरोपमा बस्ने गरेको उनले बताएकी छिन् ।

स्पटबोयलाई दिएको अन्तर्वार्तामा राखीले आफू आमा बन्नमा कुनै हतार नभएको बताएकी छिन् । उनले भनिन्, ‘म सन् २०२० मा आमा बन्ने सोचमा छु ।’ आफ्नो विवाहपछि राखी निकै उत्साहित छिन् ।

उनले विवाहित महिलाको गेटअपमा विभिन्न तस्बिर सेयर गरेकी छिन् । यी तस्बिर निकै चर्चित पनि भइरहेको छ ।

राखीले भनेकी छिन्, सबैभन्दा पहिले यो भन्न चाहन्छु कि तपाईंहरुले सही जानकारी पाउनुभएको छ कि मेरा श्रीमान् एनआरआई हुन् । मेरा श्रीमानको नाम रितेश हो र उनी यूकेमा छन् । मेरो भिसा प्रोसेस चलिरहेको छ र म पनि उनलाई यूकेमा जोइन गर्नेछु ।’

अन्तरवार्तामा उनले रितेशसँगको भेटका बारेमा पनि खुलाएकी छिन् । रितेश आफ्नो प्रशंसक भएको र करिव एक वर्ष यता ह्वाट्सएपमा कुराकानी हुने गरेको जनाएकी छिन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ९ : २९ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि