‘फेसन एण्ड मोडल अवार्ड २०१९’ हुने « Khabarhub

‘फेसन एण्ड मोडल अवार्ड २०१९’ हुने


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्याजेन्ट नेपाल ईन्टरनेशनलले नेपालमा पहिलो पटक ‘फेसन एण्ड मोडल अवार्ड–२०१९’ आयोजना गर्ने भएको छ । यही  साउन २३ गते बिहिबार काठमाडौंको राष्ट्रिय सभा गृहमा समारोहको आयोजना गरी अवार्ड वितरण गरिने भएको हो ।

आयोजक स‍ंस्थाका प्रबन्ध निर्देशक मिथुन थापाले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘नेपालमा कला, साहित्य तथा मनोरञ्जन क्षेत्रको अधिकांश विधामा अवार्ड समारोह आयोजना हुने भए पनि फेसन तथा मोडलिङ क्षेत्रमा अवार्ड वितरण नहुने भएकाले मोडलिङ तथा फेसन क्षेत्रको रौनक बढाउन यो समारोह आयोजना गर्न लागिएको हो,’ उनले भने ।

दिउँसो ४ बजेपछि रेड कार्पेटसहित सम्पन्न हुने अवार्ड वितरण समारोहमा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय कलाकारहरू करिश्मा मानन्धर, रमेश उप्रेती, अञ्जु पन्त, आनन्द कार्की, धीरज राई आदिको समेत सहभागिता रहने आयोजकले जनाएको छ । यस्तै उषा खड्गी लगायत पूर्व मिस नेपालहरुले पनि सहभागिता जनाउने कार्यक्रम छ ।

समारोहमा उत्कृष्ट कोरियोग्राफर, उत्कृष्ट फेसन डिजाइनर, उत्कृष्ट फेसन कोरियोग्राफर, उत्कृष्ट मेकअप आर्टिष्ट, उत्कृष्ट हेयर डिजाइनर, उत्कृष्ट फेसन पत्रकार, उत्कृष्ट अन्तर्राष्ट्रिय नेपाली मोढडल, उत्कृष्ट कार्यक्रम आयोजक, उत्कृष्ट कार्यक्रम निर्देश्ँक, उत्कृष्ट कार्यक्रम प्रवन्धक, उत्कृष्ट महिला तथा पुरुष मोडल, उत्कृष्ट ग्ल्यामर फोटोग्राफर आदि विधामा अवार्ड प्रदान गरिने छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १० : ५८ बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा