मलेसियामा अवैधरुपमा बसिरहेकालाई दूतावासले कन्सुलर सेवा दिने « Khabarhub

मलेसियामा अवैधरुपमा बसिरहेकालाई दूतावासले कन्सुलर सेवा दिने


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसियाको पेनाङ र जोहरबारुमा दूतावासले कन्सुलर सेवा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मलेसियास्थीत नेपाली दूतावासले त्यहाँ अवैधानिक रुपमा बस्दै आएका नेपालीलाई आवश्यक कागजात बनाउन सहयोग गर्ने उद्देश्यले कन्सुलर सेवा कार्यक्रम सञ्चालन गर्न गर्ने भएको हो।

कन्सुलर सेवा जोहरबारुमा अगष्ट ११ तारिक आइतवार विहान ११ः३० देखि बागुस होटलमा सञ्चालन हुने दूतावासले जनाएको छ । यसैगरी पेनाङमा पनि अगष्ट ११ मा समिट होटल बुकित मर्तजाममा हुने दूतावासले जानकारी दिएको छ । दूतावासका अनुसार स्वदेश फर्किन चाहने नेपालीलाई यात्रा अनुमतिपत्र बनाइदिन सो सेवा सञ्चालन गर्न लागिएको हो ।

मलेसिया सरकारले सञ्चालन गरेको व्याक फर गुड आममाफी कार्यक्रममा सहभागि हुन दूतावासले अवैध रुपमा बसेका कामदारलाई अपिल गरेको छ । कागजातविहिन अवैधानिकरुपमा बसिरहेका नेपालीलाई मलेशियाले ल्याएको आममाफीमा सहभागि भएर स्वदेश फर्किन दूतावासले आव्हान गरेको छ ।
यात्रा अनुमति पत्र बनाउन चाहने नेपाली नागरिकले नेपाली नागरिकता र राहदानीको प्रतिलिपि तथा दुईवटा पासपोर्ट साईजको फोटो आवश्यक पर्ने दूतावासले जनाएको छ । यात्रा अनुमतिका लागि १ सय ६० रिंगिट दस्तुर कामदार तिर्नुपर्ने दूतावासको भनाइ छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १० : ५४ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ