करीब छ लाख मूल्य बराबरको मरिच बरामद « Khabarhub

करीब छ लाख मूल्य बराबरको मरिच बरामद


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित तीन घरबाट तस्करीका लागि राखिएको अवस्थामा प्रहरीले गए राति करीब छ लाख मूल्य बराबरको मरिच बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मटिहानी नपा–८ को तीन जनाको घरबाट गए राति करीब रु पाँच लाख ७० हजार मूल्य बराबरको ३८ बोरामा राखिएको ९५० किलो मरिच बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मटिहानी नपा–८ बस्ने रहिम लहेरीको घरबाट २५० किलो, त्यस्तै जवान दर्जीको घरबाट ४७५ किलो र हकिम दर्जीको घरबाट २२५ किलो मरिच बरामद गरेको जनाएको छ ।

बरामद मरिच आवश्यक कारवाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ११ : ०६ बजे

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच