२५ वर्षपछि पुन:रिलिज हुँदैछ दुनियाँलाई चकित पार्ने जेल जीवनको यो फिल्म « Khabarhub

२५ वर्षपछि पुन:रिलिज हुँदैछ दुनियाँलाई चकित पार्ने जेल जीवनको यो फिल्म


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – सुपरहिट हलिउड फिल्म ‘द शशांक रेडिम्प्सन’ रिलिजको २५ वर्ष पुगेको अवसरमा पुनः रिलिज हुने भएको छ । टिम रबिन्स र मोर्गन फ्रीम्यान स्टारर यो फिल्म सन् १९९४ मा रिलिज गरिएको थियो ।

ओस्कार नोमिनेटेड यो फिल्म जेलभित्र छायांकन गरिएको थियो । फिल्मलाई जेल जीवनमा आधारित रहेर बनेका हालसम्मका फिल्ममध्ये उत्कृष्टमा एक मानिन्छ । फिल्म रिलिजसँगै छायांकन गर्दाका केही स्मरणीय झलक पनि देखाइने भएको छ ।

बक्स अफिसमा धूम मच्चाउन सफल यो फिल्म अझै पनि विश्वकै उत्कृष्ट फिल्मको लिस्टमा अटाउँछ । फिल्मले १६ मिलियन अमेरिकी डलरभन्दा पनि बढी कमाइ गरेको थियो ।

फिल्ममा एक निर्दोष पुरुष जेलमा परेपछि हुने घटनाक्रमलाई देखाइएको छ । उक्त कैदीको जेलमा अर्का एक कैदीसँग भेट हुन्छ । जेलमै कैयन् वर्ष बिताउनुपरेको कथालाई फिल्ममा देखाइएको छ ।

फिल्ममा जेलभित्र हुने शोषण, अपराध र भ्रष्टाचारलाई देखाइएको छ । अभिनय र कथाका हिसाबले पनि यो फिल्मले चौतर्फी तारिफ पाउनुका साथै अहिले पनि चर्चा छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ११ : १६ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन