के हो ‘कार्डिएक अरेस्ट’ ? जसले सुष्मा स्वराजको ज्यान लियो « Khabarhub

के हो ‘कार्डिएक अरेस्ट’ ? जसले सुष्मा स्वराजको ज्यान लियो


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भारतीय पूर्व विदेश मन्त्री तथा भारतीय जनता पार्टीकी वरिष्ठ नेता सुष्मा स्वराजको निधन कार्डिएक अरेस्टका कारण भएको हो । कार्डिएक अरेस्ट एक प्रकारको ‘हर्टअट्याक’ हो ।

के हो कार्डिएक अरेस्ट ?

कार्डिएक अरेस्ट के हो ? जो मानिसको शरीरका लागि खतरनाक बन्न जान्छ । र यो हार्ट फेल या हर्टअट्याक भन्दा कसरी फरक हुन्छ ?

मुटु सम्बन्धी वेवसाइट हार्ट डट् ओआरजीका अनुसार कार्डिएक अरेस्ट अचनाक हुन्छ र शरीरलाई यसले कुनै चेतावनी दिँदैन । यसको कारण आम रुपमा मुटुमा हुने इलेक्ट्रोनिक गडबडी हो जसले मुटुको चालको तालमेल बिगारिदिन्छ । यसबाट मुटुमा पम्प गर्ने क्षमतामा असर हुन्छ र यसले दिमाग, मुटु या शरीरको दोस्रो भागमा रगत पठाउन सक्दैन ।

यो भएको केही पलमा नै मानिस बेहोस हुन जान्छ । यदी सही समयमा उपचार मिलेन भने कार्डिएक अरेस्टले आक्रमण गरेको केही सेकेन्ड वा मिनेटमा नै मानिसको ज्यान जान्छ ।

ब्रिटिश हार्ट फाउन्डेशनका अनुसार मुटुमा इलेक्ट्रोकल सिग्नलको समस्या शरीरमा जब रगत पु¥याउन असमर्थ हुन्छ तब कार्डिएक अरेस्टको स्वरुप लिन्छ । जब मानिसको शरीर रगत पम्प गर्न बन्द हुन्छ तब दिमागमा अक्सिजनको कमी हुन जान्छ ।
यस्तो हुँदा मानिस बेहोस हुन्छ र स्वासप्रश्वास समेत बन्द हुन्छ ।

लक्ष्यण देखिँदैन ?

सबैभन्दा ठूलो समस्या नै कार्डिएक अरेस्ट हुनुभन्दा पहिला कुनै लक्षण देखिदैन ।

यही कारण हो कि कार्डिएक अरेस्ट हुनासाथ मृत्युको खतरा कयौं गुणा बढ्न जान्छ ।

यसको सबैभन्दा सामान्य कारण असाधारण हार्ट रिदम भनिन्छ जसलाई विज्ञानको भाषामा वेट्रिकुलर फिब्रिलेशन भनिन्न्छ ।

मुटुको इलेक्ट्रिकल गतिविधि यति धेरै विग्रन्छ कि चाल बन्द गरिदिन्छ र एक खालको कम्पन हुन्छ ।

कार्डिएक अरेस्टको धेरै कारण हुन सक्छ तर मुटुसँग जोडिएका केही विरामीमा यसको आशंका बढ्न जान्छ
जो यसप्रकार छन् ।

कोरोनरी हार्टको विरामी
हार्ट अट्याक
कार्डियोमायोप्याथी
कान्जेनिटल हार्टको बिरामी
हार्ट भल्भमा समस्या
हार्ट मसलमा इनफ्लेमेशन
डिसअर्डर

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ११ : ४९ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको