‘साहो’ सँगको भिडन्तले ‘मारुनी’ लाई कति घाटा ? « Khabarhub

‘साहो’ सँगको भिडन्तले ‘मारुनी’ लाई कति घाटा ?


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भदौ १३ मा प्रदर्शन हुन लागेको फिल्म ‘मारुनी’ राम्रै चर्चा कमाएको छ । रिभेन्ज लभस्टोरी यो फिल्ममा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका छ । फिल्मको ट्रेलरले पनि राम्रै प्रतिक्रिया पाइरहेको छ । तर यो फिल्म दक्षिण भारतीय फिल्म ‘साहो’ को मारमा पर्ने देखिएको छ ।

त्यसो त पहिले यही मितिमा चलचित्र ‘कबड्डी ३’ पनि रिलिज हुने चर्चा थियो । तर यो फिल्मको रिलिज मितिमा हेरफेर भयो । ‘साहो’ कै कारण रिलिज मिति सार्दै असोज ३ मा पुर्‍याइएको थियो ।

नेपाली फिल्मको भिडन्तबाट बचे पनि यो फिल्मले ‘साहो’ को सामना गर्नुपर्ने छ । प्रभास स्टारर ‘साहो’ ले विश्वव्यापी रुपमा चर्चा कमाएको छ । प्रभासको करिअरकै सबैभन्दा सफल फिल्म ‘बाहुबली’ पछि उनी बल्ल दर्शकमाझ आउँदैछन् । यस अर्थले नेपाली दर्शकमाझ पनि ‘साहो’ को तीव्र प्रतीक्षा छ ।

‘साहो’ ले मल्टिप्लेक्स हलमा धेरै शो पाउनेमा त दुई मत छैन तर ‘मारुनी’ पनि राम्रो बनेको रहेछ भन्ने दर्शकलाई पर्‍यो भने बिस्तारै फिल्मले दर्शक तान्ने आँकलन गर्न सकिन्छ । तर, ‘साहो’ का कारण ‘मारुनी’ लाई व्यावसायिक रुपमा गाह्रो पर्ने पक्का छ ।

‘कबड्डी ३’ पोस्टपोन्ड हुँदा ‘मारुनी’ लाई केही राहत त भएको छ तर विदेशी फिल्मकै कारण स्वदेशी फिल्मको व्यापारमा घाटा पर्ने निश्चित छ । हिन्दी फिल्म नहेर्ने नेपाली फिल्मका दर्शकले त ‘मारुनी’ ले साथ देलान् । तर, रोजेर फिल्म हेर्ने दर्शकले भने ‘साहो’ लाई नै रोजाइमा पार्ने सम्भावना बढी छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  २ : ४० बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण