वायुसेवा निगममा देखिएको समस्या पहिचना गर्न कार्यदल गठन « Khabarhub

वायुसेवा निगममा देखिएको समस्या पहिचना गर्न कार्यदल गठन


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमको वर्तमान अवस्था, समस्याहरु र सुधारको उपाय पहिचान गरी ठोस सुझाव दिन समिति गठन भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल गठन गरेको हो ।

नेपाल सरकारका पूर्व सचिव सुशिल घिमिरेको संयोजकत्वमा गठित कार्यदलमा सुवोध कुमार कर्ण, डिम प्रसाद पौडेल सुधीर संशेर राई र बुद्धिसागर लामिछाने रहेका छन् ।

कार्यदलले निम्नानुसार कार्यजिम्मेवारी पाएको छ ।

नेपाल वायुसेवा निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण गर्ने ।

नेपाल वायुसेवा निगमको वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने ।

निगमको कानूनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीय एवम् व्यवसायिक क्षमतामा रहेका समस्याहरु पहिचान तथा विश्लेषण गर्ने ।

उल्लेखित सबै पक्षहरुमा गर्नुपर्ने तत्कालिन र दीर्घकालीन सुधारहरुको समयबद्ध ठोस कार्ययोजना पेश गर्ने ।

निगमको सुधारका लागि कार्यदलले उपयुक्त देखेका अन्य सुझावहरु दिन सक्ने ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ३ : २० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार