सवारीसाधनमा यात्रा गर्दा वान्ता हुन्छ ? सजिलो उपाय, यसो गर्नुहोस् « Khabarhub

सवारीसाधनमा यात्रा गर्दा वान्ता हुन्छ ? सजिलो उपाय, यसो गर्नुहोस्


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बस, माइक्रो, ट्याक्सी आदिमा टाढाको यात्रा गर्दा धेरैलाई वान्ता अर्थात उल्टी हुने समस्या हुन्छ । वान्ता हुने समस्याका कारण कतिपय मानिसहरु यात्रा गर्नुपर्ने भएमा पहिलादेखि नै असहज महशुस गर्छन् ।

वान्ता हुने समस्याका कारण कतिपय साना बालबालिका त बस वा माइक्रो देख्ने बित्तिकै डराएर रुनसमेत थाल्छन् ।

सवारी साधानमा यात्रा गर्दा किन हुन्छ वान्ता ? यदी तपाईलाई पनि सवारी साधानमा यात्रा गर्दा वान्ता भएको छ भने तपाईलाई राम्रोसँग थाहा छ वान्ता हुँदा शरीर र मन कति धेरै कमजोर हुन्छ भनेर । त्यसैले आज हामी वान्ता किन हुन्छ र वान्ता हुनबाट कसरी बच्न सकिन्छ भनेर जानकारी दिदैछौं ।

सवारीमा यात्रा गर्दा वान्ता किन हुन्छ ?

टाढाको यात्रा गर्दा वा धेरै घुम्तिको बाटोमा यात्रा गर्दा मानिसलाई वान्ता हुन्छ । तीव्र गतिमा रहेको सवारीभित्र मानिसले पर्याप्त मात्रामा अक्सिजन नपाउँदा वान्ता हुनसक्छ ।

कसरी बच्ने ?

–वान्ता हुन लागेमा लामो–लामो श्वास लिने,

–यात्रा गर्दा कागती लिएर जाने र बेलाबेलामा कागती सुँघ्ने,

–अदुवाको टुक्रा वा अदुवा राखेको चिया खाने,

–ल्वाङ्ग खाने,

–कागती र पुदिनाको जुस पिउने,

– सुकमेल खाने,

– यात्रा गर्दा वान्ता हुने समस्या छ भने सकेसम्म अगाडिको सिट वा झ्याल भएको सिटमा बस्ने,

–यात्रा गर्नुअघि केही खानेकुरा खाने ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ३ : ५० बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल