सवारीसाधनमा यात्रा गर्दा वान्ता हुन्छ ? सजिलो उपाय, यसो गर्नुहोस् | Khabarhub Khabarhub

सवारीसाधनमा यात्रा गर्दा वान्ता हुन्छ ? सजिलो उपाय, यसो गर्नुहोस्


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बस, माइक्रो, ट्याक्सी आदिमा टाढाको यात्रा गर्दा धेरैलाई वान्ता अर्थात उल्टी हुने समस्या हुन्छ । वान्ता हुने समस्याका कारण कतिपय मानिसहरु यात्रा गर्नुपर्ने भएमा पहिलादेखि नै असहज महशुस गर्छन् ।

वान्ता हुने समस्याका कारण कतिपय साना बालबालिका त बस वा माइक्रो देख्ने बित्तिकै डराएर रुनसमेत थाल्छन् ।

सवारी साधानमा यात्रा गर्दा किन हुन्छ वान्ता ? यदी तपाईलाई पनि सवारी साधानमा यात्रा गर्दा वान्ता भएको छ भने तपाईलाई राम्रोसँग थाहा छ वान्ता हुँदा शरीर र मन कति धेरै कमजोर हुन्छ भनेर । त्यसैले आज हामी वान्ता किन हुन्छ र वान्ता हुनबाट कसरी बच्न सकिन्छ भनेर जानकारी दिदैछौं ।

सवारीमा यात्रा गर्दा वान्ता किन हुन्छ ?

टाढाको यात्रा गर्दा वा धेरै घुम्तिको बाटोमा यात्रा गर्दा मानिसलाई वान्ता हुन्छ । तीव्र गतिमा रहेको सवारीभित्र मानिसले पर्याप्त मात्रामा अक्सिजन नपाउँदा वान्ता हुनसक्छ ।

कसरी बच्ने ?

–वान्ता हुन लागेमा लामो–लामो श्वास लिने,

–यात्रा गर्दा कागती लिएर जाने र बेलाबेलामा कागती सुँघ्ने,

–अदुवाको टुक्रा वा अदुवा राखेको चिया खाने,

–ल्वाङ्ग खाने,

–कागती र पुदिनाको जुस पिउने,

– सुकमेल खाने,

– यात्रा गर्दा वान्ता हुने समस्या छ भने सकेसम्म अगाडिको सिट वा झ्याल भएको सिटमा बस्ने,

–यात्रा गर्नुअघि केही खानेकुरा खाने ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ३ : ५० बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला