काबुलमा बम विष्फोट ९५ जना घाइते « Khabarhub

काबुलमा बम विष्फोट ९५ जना घाइते


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको राजधानी काबुलमा बुधबार शक्तिशाली आत्मघाती बम विष्फोट हुँदा ९५ जना धेरै घाइते भएका छन् ।

काबुलमा रहेको प्रहरी चौकीलाई लक्षित गरी आत्मघाती कार बम विष्फोट गराइएको हो । शहरको पश्चिमी भागमा बिहानको व्यस्त समयमा बम विष्फोट भएपछि आकाशमा ठूलो धूवाँको मुस्लो देखिएको थियो ।

विष्फोटनमा घाइते हुनेमा महिला तथा बालबालिका गरी अधिकांश सर्वसाधारण रहेको अफगानिस्तानका सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणको जिम्मा अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले लिएको छ । तालिबानले काबुलको भर्ती केन्द्रलाई लक्षित गरी बम विष्फोट गराएको र ठूलो धनजनको क्षति भएको दाबी गरिएको छ ।

तालिबानले मंगलबारमात्र आगामी सेप्टेम्बरमा हुन लागेको निर्वाचनमा सहभागी नहुने र निर्वाचन अभियानलाई लक्षित गरी आक्रमण गर्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ४ : २९ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण