काबुलमा बम विष्फोट ९५ जना घाइते « Khabarhub

काबुलमा बम विष्फोट ९५ जना घाइते


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको राजधानी काबुलमा बुधबार शक्तिशाली आत्मघाती बम विष्फोट हुँदा ९५ जना धेरै घाइते भएका छन् ।

काबुलमा रहेको प्रहरी चौकीलाई लक्षित गरी आत्मघाती कार बम विष्फोट गराइएको हो । शहरको पश्चिमी भागमा बिहानको व्यस्त समयमा बम विष्फोट भएपछि आकाशमा ठूलो धूवाँको मुस्लो देखिएको थियो ।

विष्फोटनमा घाइते हुनेमा महिला तथा बालबालिका गरी अधिकांश सर्वसाधारण रहेको अफगानिस्तानका सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणको जिम्मा अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले लिएको छ । तालिबानले काबुलको भर्ती केन्द्रलाई लक्षित गरी बम विष्फोट गराएको र ठूलो धनजनको क्षति भएको दाबी गरिएको छ ।

तालिबानले मंगलबारमात्र आगामी सेप्टेम्बरमा हुन लागेको निर्वाचनमा सहभागी नहुने र निर्वाचन अभियानलाई लक्षित गरी आक्रमण गर्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ४ : २९ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने