६ महिना घरमा कैद भएकी थिइन् यी हिरोइन, छोडेकी थिइन् खाना खान « Khabarhub

६ महिना घरमा कैद भएकी थिइन् यी हिरोइन, छोडेकी थिइन् खाना खान


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेत्री परिणीति चोपडा पछिल्लो समय चर्चामा छिन् । उनी यतिबेला आफ्नो फिल्म ‘जबरिया जोडी’ को प्रचारमा खुलेर लागेकी छिन् ।

यसै दौरान परिणीतिले जीवनको कुनै समय आफूले निकै मुस्किलको सामना गर्नुपरेको खुलाइन् । उनले अन्तर्वार्ता दिने क्रममा आफूलाई कुनै समय पैसाको कमी हुँदा अनेक समस्याको सामना गर्नुपरेको पनि बताइन् । पैसा नहुनाले उनी ६ महिनासम्म घरबाट बाहिर निस्किएकी थिइनन् ।

परिणीतिले भनिन्, ‘मेरा दुई फिल्मले बक्स अफिसमा खासै राम्रो गर्न सकेनन्, मसँग पैसा पनि थिएन, मैले त्यतिबेला घरमा पैसा लगाएकी थिएँ, त्यो समय म निकै भयानक समयबाट गुज्रेकी थिएँ, मलाई त्यतिबेला सबैतिरबाट गिर्दैछु जस्तो लागेको थियो, त्यतिबेला सकारात्मक बाटोमा अगाडि बढ्न मसँग केही चीज पनि थिएन ।’

उनले त्यतिबेला आफूले मन परेको खाना खान बन्द गरेको पनि बताइन् । त्यो समय उनी पूरै समय सुत्ने गर्थिन् । उनका अनुसार परिणीतिका कुनै साथी पनि थिएनन् । त्यतिबेला उनको परिवारसँग पनि पैसा थिएन । उनले घरमा दिनभरि टिभी हेरेर बस्थिन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ४ : ५० बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित