साम्राज्ञीले भनिन् – यति धेरै घृणा किन ? « Khabarhub

साम्राज्ञीले भनिन् – यति धेरै घृणा किन ?


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही हप्ताअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्ना ब्याइफ्रेन्ड देवांश राणासँग विदा मनाउन इन्डोनेसियाको बाली पुगेकी थिइन् । बालीमा उनले रोमान्स गरेका कैयन् तस्वीर सामाजिक सञ्जालमा शेयर गरिन् ।

ती तस्वीरलाई साम्राज्ञीका फ्यानले पनि सामान्य रुपमा लिए । तर जब साम्राज्ञी र उनका ब्यायफ्रेन्ड देवांशले शरीरका विभिन्न अंगमा चुम्बन गरेका तस्वीरहरु सार्वजनिक भए, त्यसपछि साम्राज्ञीको विरोध हुन थाल्यो ।

त्यसो त साम्राज्ञी फ्यानबाट ट्रोलको शिकार बनेको यो पहिलोपटक थिएन । साम्राज्ञीका ती हट तस्वीरले सोसल मिडिया निकै ततायो । गालीको वर्षा भएपछि साम्राज्ञीले लेखिन् – हात्ती लम्किँदै गर्छ, कुकुर भुक्दै गर्छ ।

समयसँगै यो लफडा त झण्डै साम्य भएको थियो । तर, साम्राज्ञीलाई यसले निकै चित्त दुखाएको रहेछ ।

हालै साम्राज्ञीले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै फ्यानलाई सोधेकी छिन् – यति धेरै घृणा किन ?

उनले अरुको कुरा काट्नुभन्दा त्यो समयमा बरु आफ्नो काम गर्न सल्लाह पनि दिएकी छिन् । उनले अरुलाई उडाउनुको साटो कसैको अनुहारमा खुशी ल्याउन सहयोग गर्नुपर्ने भन्दै गुनासो गरेकी छिन् ।

उनको यो भनाइमा कैयन् प्रतिक्रिया आएका छन् । फ्यानले आफूहरुले घृणा नगर्ने बरु माया गर्ने प्रतिक्रिया दिएका छन् ।

एक महिनाको अन्तरालमा साम्राज्ञीका दुई फिल्म रिलिजका क्रममा छन् । उनी अभिनित फिल्म ‘मारुनी’ भदौ १३ मा प्रदर्शन हुँदैछ भने ‘रातो टीका निधारमा’ दशैँमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ५ : ५५ बजे

काग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन