कपाल झर्नबाट बचाउन खानुहोस ५ चिज « Khabarhub

कपाल झर्नबाट बचाउन खानुहोस ५ चिज


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मौसम तथा दैनिक प्रयोग गर्ने पानीका कारण चिन्डो हुने गरी कपाल झर्ने गरेको छ। कपाल कै कारण धेरैलाई चिन्ता दिलाइरहेको छ । यो चिन्ताबाट मुक्त हुन थोरै सावधानी अपनाउ आवश्यकछ ।

विशेष गरी खानपिनमा जोड गरे कपाल झर्ने समस्याको केही समाधान हुन सक्छ । पौष्टिक तत्वसहितको सन्तुलित भोजनको सेवनले कपाल झर्ने समस्यालाई कम गर्न सकिन्छ । केही त्यस्ता खाद्यपदार्थ छन् जसलाई यदि आफ्नो भोजनमा सामेल गराएमा कपाल झर्ने समस्या कम हुनेछ :

अण्डा- बायोटिन तथा अन्य भिटामिन लगायतका पौष्टिक तत्वले युक्त अण्डा कपालको विकास तथा स्वास्थ्यका लागि समेत महत्वपूर्ण छ । अण्डा खानुका साथसाथै ताडको तेलमा मिलाएर कपालमा लगाउँदा समेत कपाल झर्ने समस्या कम हुन्छ ।

पालुंगोको साग- पालुंगोलाई आइरन तथा फोलेट तत्वको भरपर्दो श्रोत मानिन्छ । कपाललाई लामो तथा स्वस्थ बनाउनका लागि पालुंगोको साग नियमित खानु लाभदायी हुन्छ । फोलेट तत्वले राता रक्तकोषको निर्माणमा मद्दत गर्छ जसले कपालमा अक्सिजन सञ्चार गर्दछ ।

मुसुरको दाल- मुसुरको दालका साथै सोयाबिन, टोफू तथा सिमी र केराउलाई नियमित रुपमा भोजनमा समावेश गर्नाले शरीरमा आइरन तथा प्रोटिनको पर्याप्त आपूर्ति हुने र यसले कपाललाई स्वस्थ राख्न मद्दत गर्ने विज्ञहरुको भनाइ छ ।

शखरखण्ड- शखरखण्डमा पाइने भिटामिनहरु तथा बिटा क्यारोटिन कपाललाई स्वस्थ राख्न अनिवार्य हुने तत्व हुन् । बिटा क्यारोटिनका अन्य श्रोतहरुमा गाजर तथा फर्सी पनि हुन् ।

क्याप्सिकम- क्याप्सिकम भिटामिन ‘सी’को भरपर्दो श्रोत हो । कपाललाई स्वस्थ राख्न तथा राता रक्तकोषमा आइरनको मात्रा पर्याप्त राख्न भिटामिन सी आवश्यक पर्छ । त्यसैले क्याप्सिकमको नियमित सेवनले पनि कपाललाई स्वस्थ राखी झर्नबाट बचाउँछ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ९ : ५२ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत