चन्द्रयान सम्पर्कविहीन भएपछि मोदीको अँगालोमा डाको छोडेर रोए वैज्ञानिक | Khabarhub Khabarhub

चन्द्रयान सम्पर्कविहीन भएपछि मोदीको अँगालोमा डाको छोडेर रोए वैज्ञानिक


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बङ्लुरु– कोही पनि वैज्ञानिकका लागि आफ्नो खोज र उपलब्धी कति महत्वपूर्ण हुन्छ र त्यो उपलब्धी हासिल गर्न नसक्दा वैज्ञानिकको हृदय कति चिढिन्छ भन्ने उदाहरण भारतको अन्तरिक्ष निकाय इसरोका प्रमुखले देखाइदिएका छन् ।

भारतको चन्द्र अभियान चन्द्रयान–२ चन्द्र धरातलमा अवतरण हुनुअघि नै सम्पर्कविहीन भएपछि इसरोेका प्रमुख कैलासवडिभू शिवन डाको छोडेर रोए । वर्षौंको मिहिनेत, संघर्ष र परिश्रमबाट निर्माण गरिएको चन्द्रयान–२ को ‘विक्रम’ ल्याण्डर चन्द्र धरातलमा अवतरण गर्ने तय भएको थियो । यसका लागि सारा भारत शुक्रबार रात अनिदो थियो ।

विक्रम ल्याण्डरले चन्द्र धरातलको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्नेमा सबै प्रतिक्षामा थिए । यसले सफलता प्राप्त गरेको खण्डमा भारत चन्द्र धरातलमा कुनै ल्याण्डर सफलतापूर्वक अवतरण गराउने विश्वकै चौथो मुलुक बन्ने थियो । यसअघि अमेरिका, रुस र चीनले चन्द्र धरातलमा सफलतापूर्वक अवतरण गराइसकेका छन् ।

यसका लागि दक्षिणी शहर बङ्लुरुमा इसरोका वैज्ञानिकहरु प्रतिक्षारत थिए । त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए । तर, एक्कासी चन्द्र धरातलभन्दा २.१ किलोमिटरको उचाईमा पुगेपछि ल्याण्डर विक्रम र चन्द्रअभियानको ग्राउण्ड स्टेशनबीच सम्पर्क टुट्न पुग्यो । ग्राउण्ड स्टेशनका वैज्ञानिकहरुमा र सारा भारतमा निराशा छायो । वर्षौंको मिहिनेत, परिश्रम र संघर्षबाट सिर्जित चन्द्रयान–२ एक्कासी सम्पर्कविहीन भयो ।

यस्तो हुँदा रातभर अनिँदो रहेका ग्राउण्ड स्टेशनका वैज्ञानिकहरु आ–आफ्नो घर फर्किने क्रममा थिए । विक्रम ल्याण्डर चन्द्र धरातलमा सफलतापूर्वक अवतरण हुनु केही अघिमात्र सम्पर्क विच्छेद भएका कारण अत्यन्त निराश इसरोका प्रमुख के शिवन पनि घर फर्किने क्रममा थिए ।

उनी एक्कासी प्रधानमन्त्री मोदीको अँगालोमा पुगे र डाको छोडेर रुन पुगे । प्रधानमन्त्री मोदीले उनलाई ढाडस दिए र सहानुभूतिस्वरुप ढाडमा थुम्थुमाए । वर्षौंको मिहिनेत, अविराम संघर्ष र ठूलो प्रतिक्षा अन्त्यमा असफल भएपछिको उनको रोदन अवश्य पनि भावपूर्ण थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ३ : ५१ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज