नियमनको नाममा सरकारले दुःख दिएको औषधि व्यवसायीको आरोप « Khabarhub

नियमनको नाममा सरकारले दुःख दिएको औषधि व्यवसायीको आरोप


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवसायीहरुले सरकारले नियमनको नाममा दुःख दिने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

नेपाल औषधि व्यवसायी संघ, बागमती अञ्चलका कार्यबहाक अध्यक्ष ध्रुवनारायण प्रधानले सबै औषधि रेकर्ड राखेर बिक्री गर्दा पनि औषधि व्यवस्था विभागले अनुगमनको नाममा स्पष्टिकरणका लागि बोलाएर दुःख दिने गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

शनिबार ललितपुरमा आयोजित नेपाल औषधि व्यवसायी संघ, ललितपुरको प्रथम जिल्ला अधिवेशनमा बोल्दै उनले चिकित्सकहरुको प्रेस्क्रिप्सनअनुसार व्यवसायीहरुले औषधि बिक्री गर्दा पनि कारवाही किन गरेको ? भन्दै सरकारलाई प्रश्न गरे ।

फुड प्रोडक्टसँग सम्बन्धित औषधि बिक्री गर्ने अनुमति मेडिकल काउन्सिलले दिने तर औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाउन खोज्ने कार्यले दोहोरो मारमा आफूहरु पर्ने गरेको व्यवसायीहरुको गुनासो छ ।

कार्यक्रममा बोल्दै औषधि व्यवस्था विभाग निरीक्षण महाशाखाकी प्रमुख उषा तन्डुकारले सरकारको नीति, नियम र कार्यविधिको परिधिभित्र रहेर औषधिको उत्पादन तथा बिक्री वितरण गर्न औषधि व्यवसायीहरुलाई सचेत गराइन् ।

विभागले बिक्री गरिएका औषधिहरुको रेकर्ड अनिवार्य राख्न औषधि व्यवसायीहरुलाई सचेत गराउँदै आएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ४ : ३५ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा