नियमनको नाममा सरकारले दुःख दिएको औषधि व्यवसायीको आरोप « Khabarhub

नियमनको नाममा सरकारले दुःख दिएको औषधि व्यवसायीको आरोप


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवसायीहरुले सरकारले नियमनको नाममा दुःख दिने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

नेपाल औषधि व्यवसायी संघ, बागमती अञ्चलका कार्यबहाक अध्यक्ष ध्रुवनारायण प्रधानले सबै औषधि रेकर्ड राखेर बिक्री गर्दा पनि औषधि व्यवस्था विभागले अनुगमनको नाममा स्पष्टिकरणका लागि बोलाएर दुःख दिने गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

शनिबार ललितपुरमा आयोजित नेपाल औषधि व्यवसायी संघ, ललितपुरको प्रथम जिल्ला अधिवेशनमा बोल्दै उनले चिकित्सकहरुको प्रेस्क्रिप्सनअनुसार व्यवसायीहरुले औषधि बिक्री गर्दा पनि कारवाही किन गरेको ? भन्दै सरकारलाई प्रश्न गरे ।

फुड प्रोडक्टसँग सम्बन्धित औषधि बिक्री गर्ने अनुमति मेडिकल काउन्सिलले दिने तर औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाउन खोज्ने कार्यले दोहोरो मारमा आफूहरु पर्ने गरेको व्यवसायीहरुको गुनासो छ ।

कार्यक्रममा बोल्दै औषधि व्यवस्था विभाग निरीक्षण महाशाखाकी प्रमुख उषा तन्डुकारले सरकारको नीति, नियम र कार्यविधिको परिधिभित्र रहेर औषधिको उत्पादन तथा बिक्री वितरण गर्न औषधि व्यवसायीहरुलाई सचेत गराइन् ।

विभागले बिक्री गरिएका औषधिहरुको रेकर्ड अनिवार्य राख्न औषधि व्यवसायीहरुलाई सचेत गराउँदै आएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ४ : ३५ बजे

विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी : यो पटक ज्येष्ठ सूचीमा ४१ वर्षे रोनाल्डो

काठमाडौँ – विश्वकप फुटबलको ९६ वर्षको इतिहासमा अहिलेसम्म ४० वर्ष

१२ औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

चितवन– नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै

निर्धारित समयमा हुन सकेन चेसको राष्ट्रिय च्याम्पियनसिप छनोट

काठमाडौँ – नेपाल बुद्धिचाल महासङ्घको आन्तरिक विवादको असर झापामा ११

रामायण सर्किट बन्न सक्छ नेपाल-भारत सम्बन्धको सेतु

नेपाल–भारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तत्त्वमध्ये सांस्कृतिक समानतालाई प्रमुख घटकका

लुम्बिनी प्रदेशसभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक