जनताले ओली सरकारको विकल्प खोजिरहेका छन्–राणा « Khabarhub

जनताले ओली सरकारको विकल्प खोजिरहेका छन्–राणा


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली–राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति समशेर राणाले ओली सरकारको कुशासनबाट आक्रोशित जनताले विकल्प खोजेको बताएका छन् ।

जनताले नेकपा नेतृत्वको सरकारलाई मौका दिएको भएपनि सरकारले त्यस अनुसारको काम गर्न नसकेको बरु उल्टै सरकार कुशासन र अधिनायकवाद तर्फ उन्मुख भएको उनको आरोप छ ।

‘इतिहासकै बलियो दुई तिहाइको नेकपा सरकारलाई जनताले मौका दिएकै हो तर सरकारले सिन्को पनि भाँच्न सकेन । विगत १६ महिनामा ओली सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवाद उन्मुख शासन शैली बाहेक केही दिन सकेन,’ अध्यक्ष राणाले भने ।

‘त्यसकारण जनतामा निराशा छाएको छ र आक्रोश बढेर गएको छ । जनता अब पर्खेर बस्नेवाला छैनन्,’ सिन्धुली जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै राणाले भने ।

गुठी विधेयक र रवी लामिछाने प्रकरणमा जनताको आक्रोश छताछुल्ल भएको भन्दै जनताले खोजेको विकल्प राप्रपा (संयुक्त) ले दिने अध्यक्ष राणाले दावी गरे ।

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको र राष्ट्रपतिको भूमिका निष्पक्ष नभएको जिकिर गर्दै उनले निष्पक्ष संस्थाको रुपमा राजसंस्थाको आवश्यकता टड्कारो रहेको बताए । जनताको चाहना बमोजिम राजसंस्था र सनातन हिन्दु राष्ट्रको लागि आन्दोलन गर्ने पार्टीको योजना रहेको राणाले जानकारी गराए ।

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तारुढ दलहरुले मार्क्सवादको नाममा मुलुकमा लुटतन्त्र मच्चाएको टिप्पणी गरे ।

नेता बनेर जनताको सेवा गर्ने होइन सरकारमा पुगेर अकुत सम्पत्ति आर्जन गर्ने प्रवृत्ति बढेको छ भन्दै लोहनीले नेताहरुको सम्पत्ति छानबिन गर्न माग गरे ।

जनआन्दोलनले माग नै नगरेको धर्मनिरपेक्षता लादेर अन्याय गरिएको भन्दै ८१ प्रतिशतभन्दा बढी हिन्दु र ९२ प्रतिशत ओमकार समुदाय भएको नेपालमा सनातन हिन्दु राष्ट्रको विकल्प नभएको अध्यक्ष लोहनीले दावी गरे ।

लोहनीले राप्रपा (संयुक्त) बेलायत, नर्वे जस्तो संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्रमा अडिग रहेको बताए ।

देशको आवश्यकता अनूरुप राप्रपा (संयुक्त) सशक्त भएर अघि बढ्ने लोहनीले बताए । यसै सन्दर्भमा समान विचारधार भएका दल र शक्तिहरुसँग राप्रपा (संयक्त) ले एकता गर्ने समेत उनले जानकारी गराए ।

विभिन्न पार्टी परित्याग गरी राप्रपा (संयुक्त) मा प्रवेश गर्ने ४३ जना नवप्रवेशीलाई अध्यक्षद्वयले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ४ : ५६ बजे

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम