व्यापार मेला– औषधिजन्य जडिबुटी र अर्गानिक सामानमा आकर्षण « Khabarhub

व्यापार मेला– औषधिजन्य जडिबुटी र अर्गानिक सामानमा आकर्षण


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीको भृकुटीमण्डमा जारी एसएमई व्यापार मेलामा अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ ।

साना तथा मझौला व्यवसायी महासंघको आयोजनामा विहिबारदेखि सुरु भएको मेलामा विशेष गरि हस्तर्निमित सामान, अर्गानिक चिया, बेतबाट बनेका साजसज्जाका सामान, हिमाली क्षेत्रमा पाईने जडिबुटी, कटुस, अकबरे खुर्सानी, भिर माहुरीको मह, हरिया चियापत्ति, शुद्ध तोरी तथा आलसको तेल लगायत औषधीजन्य जडिबुटीमा उपभोक्ताको आकर्षण देखिएको हो । त्यसैगरी घरमै तयार पारिएका परिकारमा पनि उपभोक्ताहरुको आकर्षण देखिएको थियो ।

अर्गानिक उत्पादन , हिमाली क्षेत्रका जडिबुटी र शुद्ध तोरीको तेल, नौनी तथा महका स्टलहरुमा देखिएको उपभोक्ताको भीडले विषादीरहित खाद्यवस्तु उपभोगका लागि उपभोक्ता स्वयम पनि सचेत बन्दै गएको झल्को दिएको थियो ।

र्गानिक तथा जैविक पद्धतिबाट वस्तु उत्पादन गर्दै आएका व्यापारीको बुझाई पनि त्यही पाईन्थ्यो । हरियो चियापत्ति, नौनी लगायतको स्टल राखेका व्यापारी सन्देश राईले पछिल्लो समय उपभोक्ता आफ्नो स्वास्थ्य प्रति बढी नै संवेदनशील हुने गरेको आफुले पाएको बताए । पाँचथरका मनकुमार केरुङ्ग पनि हिमाली क्षेत्र तथा लेकमा पाईने जडिबुटीमा उपभोक्ताले बढी चासो देखाएको बताए । अर्की व्यवसायी रंगिता बस्नेत आलसको तेल, अचार र शुद्ध तोरीको तेल किन्नेहरु बढ्दै गएको बताइन् ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ५ : ५० बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग