इरानले अर्को पानीजहाज पनि नियन्त्रणमा लियो « Khabarhub

इरानले अर्को पानीजहाज पनि नियन्त्रणमा लियो


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले स्ट्रेट अफ हर्मुजमा अर्को इन्धन बोकेको पानीजहाज नियन्त्रणमा लिएको छ ।

हर्मुजको स्ट्रेटमा डिजेल खाडी क्षेत्रबाट तस्करी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको इरानको सरकार सञ्चालित समाचार संस्थाले जनाएको छ । उक्त पानीजहाजले २ लाख ८४ हजार लिटर डिजेल तस्करी गरिरहेको इरानी अधिकारीले जनाएका छन् ।

पानीजहाजसहित त्यहाँ काम गर्ने १२ फिलिपिनो कर्मचारीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ । यद्यपि उक्त पानीजहाजमा कुन राष्ट्रको ध्वजा अंकित थियो भन्ने चाहीँ खुलाइएको छैन ।

पछिल्लो समय इरान र अमेरिकाबीच खाडी क्षेत्रमा तनाव चलिरहेका बेला इरानले अर्को पानीजहाज नियन्त्रणमा लिएको हो । इरानले यसअघि गत जुलाई महिनामा पनि बेलायती ध्वजावाहक पानीजहाज नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ७ : १४ बजे

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल