ज्येष्ठ नागरिकका लागि सरकार संवेदनशील– मन्त्री थापा « Khabarhub

ज्येष्ठ नागरिकका लागि सरकार संवेदनशील– मन्त्री थापा


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिकका लागि सरकार सदैव सहयोग गर्न संवेदनशील रहेको बताएकी छिन् ।

गोदावरी नगपालिका–१४ बाडेगाउँस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले शनिवार आयोजना गरेको ‘स्मारिका विमोचन तथा छैटौँ साधारणसभा’ कार्यक्रममा उनले मुलुकमा ज्येष्ठ नागरिकको हक–अधिकार सुनिश्चित गराउन विभिन्न कार्यक्रम अघि बढिरहेका स्मरण गराइन् ।

उनले भनिन् “देशमा रहेका ७५३ स्थानीय तहमध्ये सरकारले करीब २०० स्थानीय तहमा जेष्ठ नागरिक सेवा केन्द्र शुरु गर्न लागेको छ ।”

साठी वर्ष पार गरेका यस्ता व्यक्ति आदरणीयका साथै पूजनीय रहेको मन्त्री थापाको भनाइ छ । उनले विगतका युवा हालका ज्येष्ठ नागरिकले जीवनको लामो समय समाजमा योगदान गरिसकेकाले उहाँहरुबाट पुरानो ज्ञान, अनुभव, सीप, कला, दक्षता र थुप्रै भोगाइ सङ्कलन गर्न सकिने बताइन् ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ८ : ३८ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण