उपलब्धि रक्षाका लाग सङ्घर्ष जरुरी– मन्त्री विश्वकर्मा « Khabarhub

उपलब्धि रक्षाका लाग सङ्घर्ष जरुरी– मन्त्री विश्वकर्मा


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले दलित समुदायका सन्दर्भमा प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएकाले रक्षाका लागि सचेत रहनुपर्ने बताएका छन् ।

समता फाउण्डेशनको १०औँ वार्षिकोत्सवका अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले पछिल्लो समयमा संविधानले दिएको समावेशिता र समानुपातिक सिद्धान्तविपरीत अनावश्यक बहस शुरु भएको भन्दै प्राप्त अधिकार रक्षाका लागि एकीकृतरूपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिए ।

“दलित समुदायको अधिकार प्राप्तिका बारेमा निराशाजनक अवस्था छैन, विभिन्न सङ्घर्ष र आन्दोलनबाट केही अधिकार प्राप्त भएको छ, तर ती अधिकार गुम्ने खतरा बढ्दै गएको छ, त्यसको रक्षाका लागि जागरुक हुनुपर्ने आवश्यकता छ”, मन्त्री विश्वकर्माले भने । उनले मुलुकको समृद्धि र सुशासनका लागि दलित सुमदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकास अपरिहार्य भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुषालले परिवर्तनका लागि मुख्य विषय राजनीति भएकाले दलित समुदायले भोग्दै आएका समस्या समाधान गर्न राजनीतिक प्रतिबद्धतासँगै कार्यान्वयनमा जोड दिए ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ८ : १८ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण